काठमाडौं ५ चैत । हङकङ सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई गर्दै आएको जरिवाना बढाउने तयारी गरेको छ। जसमा पार्किङ, तीव्र गति, रातो बत्तीमा सवारी चलाउनु, पैदलयात्रुलाई प्राथमिकता नदिनु आदि रहेका छन्।
बिहीबार व्यवस्थापिका परिषद्को यातायात प्यानलमा पेस गरिएको पत्रमा पार्किङ जरिवाना हङकङ डलर ३ सय २० बाट ४ सय हङकङ डलरसम्म बढाउन प्रस्ताव गरिएको छ।
त्यस्तै, तीव्र गतिको हकमा हङकङ डलर १ हजारबाट १५ सय हङकङ डलर, प्रतिबन्धित क्षेत्रमा यात्रु चढाउनेरओराल्ने गल्तीको जरिवाना ५६० बाट ८४० हङकङ डलर पुर्याउन प्रस्ताव गरिएको छ।
रातो बत्तीमा सवारी साधन चलाएको जरिवाना ६ सयबाट ९ सय हङकङ डलर, पैदलयात्रीलाई बाटो नदिएमा लाग्ने जरिवाना ४५० बाट ६७५ हङकङ डलर पुर्याउनुपर्ने उक्त प्रस्तावमा उल्लेख छ।
यो प्रस्तावबारे २५ अप्रिलमा हुने यातायात प्यानलको बैठकमा सांसदहरूले छलफल गर्नेछन्।
वित्तीय सचिव पल चानले फेब्रुअरीको बजेट सम्बोधनमा सरकारले ट्राफिक सम्बन्धी अपराधको जरिवाना बढाउने योजना बनाएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्