ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शौचालय गएको समयमा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार


एबीसी न्यूज

काठमाडौं ५ बैशाख । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार प्रयास भएको छ।

बिहीबार राति अध्यक्ष चौधरीलाई लक्ष्य गरी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।

शौचालय गएर फर्किने क्रममा सानो हतियारबाट गोली प्रहार भएको डिएसपी अधिकारीले बताए।

शौचालय घरबाहिर रहेछ। फर्कँदा सानो हतियारबाट गोली प्रहार भएको रहेछ। घटनास्थलबाट एक थान सानो हतियार ९पेस्तोल० मा प्रयोग हुने गोलीको खोका बरामद पनि भएको छ, उनले भने।

यद्यपि अध्यक्ष चौधरीलाई गोली नलागेकाले उनी सुरक्षित रहेको डिएसपी अधिकारीले बताए।

‘त्यो समय बिजुली गएको रहेछ,’ डिएसपी अधिकारीले भने ‘ मोबाइलको उज्यालो बालेर फर्किँदै गर्दा गोली प्रहार भएपनि उहाँ भने सकुशल हुनुहुन्छ।’

अध्यक्ष चौधरीले घरको पर्खाल बाहिरबाट आफूमाथि गोली प्रहार भएको प्रहरीलाई बताएका छन् । उनले घटनाबारे तत्काल प्रहरीलाई खबर गरेका थिए । स्थानीय प्रहरी युनिटबाट केही बेरमै प्रहरी त्यहाँ पुगेको थियो

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com