काठमाडौं ५ बैशाख । नेपाल प्रज्ञा(प्रतिष्ठानका कर्मचारीले चरणवद्ध आन्दोलन सुरु गरेका छन्।
सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, प्रज्ञा(प्रतिष्ठान समितिले आन्दोलन सुरु गरेको हो।
हिजो ९बिहीबार०देखि आन्दोलित कर्मचारीले आज सभा गर्दैछन्। हिजो उनीहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका थिए।
पटक(पटक ध्यानाकर्षण गराउँदासमेत प्रज्ञा९प्रतिष्ठान प्रशासनले आफ्ना मागहरुप्रति वेवास्ता गरेको प्रतिष्ठानका अध्यक्ष महेश्वर थापा मगरको आरोप छ। ‘प्रज्ञा परिषद्को बैठक, सचिवालयका प्रमुख, कार्यकारी प्रमुख र प्रशासनिक व्यवस्थापकीय कमजोरीका कारण हामी आन्दोलन गर्न बाध्य हुनुपरेको हो,’ उनले भने।
उनले वैशाख ६ गते धर्ना, ७ गते प्रमुख कार्यकारीलाई कार्यालयमा प्रवेश निषेध, ९ गते प्रमुख पदाधिकारीहरूको सवारी साधन सञ्चालनमा अवरोध र १० गते कार्यालयमा तालाबन्दी गर्दै कामकाज सम्पूर्ण गरिने बताए।








प्रतिक्रिया दिनुहोस्