काठमाडौं ५ बैशाख । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेकी छन्।
बीबीसीका अनुसार भेटघाटका क्रममा मेलोनी र ट्रम्पले अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताबारे कुरा गरेका छन्।
ट्रम्पले भनेका छन्, ‘व्यापार सम्झौता हुने कुरा १०० प्रतिशत निश्चित छ, तर यो निष्पक्ष सम्झौता हुनेछ।’
‘हामी सम्झौतामा पुग्ने कुरामा उनी विश्वस्त छन्’, मेलोनीले भनेकी छन्।
उनले आफ्नो लक्ष्य ुपश्चिमलाई फेरि महान् बनाउनेु भनेर वर्णन गरिन्।
शुल्क घोषणा
अप्रिल २ मा अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै देशमा पारस्परिक भन्सार शुल्क लगाए।
ट्रम्पले पारस्परिक भन्सारलाई समान रूपमा १० प्रतिशतमा झारेका छन्, तर चीनबाहेक सबै देशलाई ९० दिनका लागि स्थगन गरेका छन्।
ट्रम्पले युरोपेली संघबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाएपछि र त्यसपछि ९० दिनका लागि स्थगन गरेपछि मेलोनी अमेरिका भ्रमण गर्ने पहिलो युरोपेली नेता हुन्।








प्रतिक्रिया दिनुहोस्