ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुडानको अर्धसैनिक र सेनाबीच अल–फासेरमा झडप, ५७ जना नागरिकको ज्यान गयो


एबीसी न्यूज
बैशाख ५, २०८२ शुक्रबार  ७ : २७ बजे

काठमाडौ, ५ वैशाख । सुडानका अर्धसैनिक र नियमित सेनाबीच भएको झडपमा अल–फासेरको डार्फर शहरमा ५७ जना नागरिकको ज्यान गएको छ ।

सेनासँगको युद्धमा अर्धसैनिक र्‍यापिड फोर्सेस ९आरएसएफ० ले सेनाले नियन्त्रणमा लिएको डार्फर शहरमा गरेको झडप र गोलाबारीमा नागरिकहरू मारिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तरी डार्फरको राजधानी एल–फासेर र नजिकैको विस्थापन शिविरहरूमा आरएसएफले गरेको आक्रमणमा केही दिन अघि मात्र चार सयभन्दा बढीको ज्यान गएको थियो ।

आरएसएफ र सेनाबीच सन् २०२३ देखिको युद्धमा परेर सुडानमा नागरिकले ज्यान गुमाउने क्रम बढ्दो छ ।

सेनाको नियन्त्रणमा रहेको डार्फरका विभिन्न शहर आफ्नो घेराबन्दीमा पार्न आरएसएफले एक वर्षभन्दा लामो समयदेखि प्रयास गरिरहेको छ ।

गएको महिना सेनाले राजधानी खार्तुमलाई पुन कब्जा गरेपछि आरएसएफले डार्फर शहरमा आक्रमण बढाएको छ । यो युद्धले दशौं हजारको ज्यान लिएको छ भने एक करोड ३० लाख विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com