ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुमना श्रेष्ठले राजीनामा पत्रमा ६ सवाल उठाउँदै भनिन्– मेरो कुरा सुनिएन


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेता सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन्।

उनले गत चैत १७ गते नै राजीनामा दिए पनि हालसालै सार्वजनिक भएको हो। उनले सभापति रवि लामिछानेलाई नै सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्।

तर चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देही जिल्ला अदालतको आदेश उल्ट्याउँदै सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनको राजीनामा रोकिएको थियो।

बिहीबार बस्ने केन्द्रीय समिति बैठकअगाडि उनले राजीनामा दिएको सार्वजनिक भयो। रास्वपाको सांसदसमेत रहेकी श्रेष्ठले राजीनामामार्फत् आफ्नो असन्तुष्टि व्यक्त गरेकी छन्।

राजीनामा पत्रमा उनले ६ सवाल उठाएकी छन्।
मेरो कुरा सुनिएन

२०८० मंसिरको जलेश्वर बैठकबाट उनी पार्टीको सहमहामन्त्री चुनिएकी थिइन्। पार्टीको महाधिवेशनको मुखैमा उनले पदाधिकारी पद त्याग गरेकी छन्।

ल्अभिि
पद त्यागको घोषणा गर्दै गर्दा उनले पार्टीमा आफ्नो कुरा सुनुवाइ हुन छाडेको बताएकी छन्।

गत फागुन ४ गते भारतको ओडिसा राज्यस्थित केआइटी विश्वविद्यालयमा अध्ययन नेपाली छात्रा प्रकृति लम्साल मृत फेला परेकी थिइन्।

उनको रहस्यमय मृत्युको छानबिन माग गर्दा नेपाली विद्यार्थीहरूलाई प्रशासनले निलम्बन गर्दै कलेज छाड्न धम्की दिएको थियो।

नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरूद्ध नेपाल सरकारले कुनै कदम नचालेको भन्दै उनले सदन अवरूद्ध गर्न खोजेकी रहिछन्। उनले त्यो कुरा संसदीय दलमा समेत राखेकी रहिछन्।

तर त्यहाँ सुनुवाइ नभएको उनले राजीनामा पत्रमा बताएकी छन्।

‘संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरूद्ध गरौं भन्दा पनि नसुनिने समेत अवस्था देखेँ,’ उनले भनेकी छन्।

ुपार्टीको निर्णय अरूबाटै थाहा पाउनुपर्ने अवस्था आयोु

सुमना श्रेष्ठले पार्टीका निर्णय अरूबाटै थाहा पाउनुपर्ने अवस्था रहेको बताइन्। पार्टीको बैठक राखौंभन्दा नराख्ने तर निर्णयचाहिँ अरूबाटै थाहा पाउनुपर्ने अवस्था भएकाले सहमहामन्त्री पद निकै हलुका महसुस गरेको राजीनामा पत्रमा टिप्पणी गरेकी छन्।

‘पदाधिकारी भएरसमेत पार्टीसम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारिक स्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ। कैयौं पटक विभिन्न विषयमा बैठक बसौंभन्दा समेत वास्ता गरिएन। यसकारण यस्तो महत्त्वपूर्ण पद अब चाहिँ यसरी हलुका नलिदिनुहुन पनि आग्रह गर्छु,’ उनले भनेकी छन्।

एक व्यक्ति, एक पद
उनले आफूमा पद लोलुपता नदेखियोस् भनेर राजीनामा दिएको उल्लेख गरेकी छन्।

पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नु पर्दा नेपाली समाजमै गढेको एक प्रथा भएको उनको तर्क छ।

संघीय सांसद भएर आफूले पार्टीको अर्को महत्त्वपूर्ण जिम्मेवारी लिँदा पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जाने र त्यससँग आफ्नो गहिरो विमति रहेको पनि बताएकी छन्।

‘अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन,’ उनको भनाइ छ।

त्यस्तै उनले एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न नसक्नेसमेत बताएकी छन्।

‘संघीय सांसदले मूलभूत रूपमा पेस भएका विधेयकहरूको अध्ययन गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यक संशोधन पेस गर्ने, समसामयिक विषयलाई सदनमा उठान गर्ने र समाजलाई उन्नत बनाउने भाष्य निर्माण र मुद्दाहरू स्थापित गर्नुपर्ने हुन्छ। यसबाहेक संसदीय समितिको भूमिका त छँदैछ,’ उनले भनेकी छन्।

उनी प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य पनि हुन्।

उनले पार्टीको सह–महामन्त्रीको रूपमा पार्टी संगठन निर्माण लगायत पार्टीको विधि निर्माण र कार्यान्वयन गर्न जति समय चाहिन्छ, त्यो सांसदका रूपमा काम गर्न मानवीय हिसाबले सम्भव नभएकी तर्क गरेकी छन्।

‘यी दुवै पूर्णकालीन पद हुन्। दुवै जिम्मेवारी एकै व्यक्तिलाई दिँदा दुवै तर्फको जिम्मेवारी पूरा गर्न नसक्ने मेरो अनुभवले बताउँछ। संसदीय भूमिकामा नै मेरो सम्पूर्ण समय व्यतित हुन्छ, सहमहामन्त्रीले गर्न पर्ने काम प्रभावकारी हुन नसकेको मेरो ठम्याइ छ,’ उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन्।

पार्टीमाथि जनताको ठूलो आस, डेलिभरी दिने क्षमता शून्य

उनले राजीनामा पत्रमा पार्टीमाथि जनताको ठूलो आस रहेको तर डेलिभरी दिने क्षमता शून्य भएको तर्क गरेकी छन्।

जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो, त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले ठूलो आशा राखेको उनले बताएकी छन्।

‘मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ। तर दलको प्रस्तुति सोचे जस्तो सशक्त नभएको गुनासोसँग मिश्रित छ,’ उनले भनिन्।

सहकारी ठगीको लेबल चिर्न सकेनौ

राजीनामा पत्रमा सुमना श्रेष्ठले पार्टीमाथि लागेको सहकारी ठगीको लेबल चिर्न नसकेको बताएकी छन्।

‘पुराना दलले रास्वपालाई सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिशोध साँधेको नारा मात्र अघि बढायौं,’ उनले भनेकी छन्।

पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरू सबैलाई राखेर सामान्य तथ्यांक संकलनको काम दिँदा पनि कसैले उक्त काम सुरू नगरेको उनको गुनासो छ।

‘यसबाट स्पष्ट हुन्छ, हामीले पार्टी बन्नको लागि र डेलिभरी दिनको लागि कति लामो यात्रा गर्नुपर्ने छ। यसको एउटा कारण एकै व्यक्तिलाई धेरै जिम्मेवारी दिनु पनि हो कि भन्ने मेरो ठम्याई छ,’ उनले भनेकी छन्।

धेरै कर्मकाण्डी प्रक्रिया

बैठकमा बस्ने क्रम, बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिनेभन्दा बढी महत्व दिइएको उनले महसुस गरेकी छन्।

यस्तो संस्कारले इनोभेसनु र काम गर्ने जाँगरलाई हतोत्साहित गर्ने उनको बुझाइ छ।

‘व्यवस्थापन परामर्शदाताका रूपमा विभिन्न प्रकारको सांगठनिक संरचना देखेको छु। वैकल्पिक राजनीतिक दलको रूपमा स्थापित हुन खोजेको हाम्रो पार्टीमा फ्लाट हाइरार्की निश्चित नेतृत्व र सदस्य भएको संरचना० सबभन्दा प्रभावकारी हुने मेरो धारणा छ। जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ। जहाँ उमेर वा ओहोदामा ठूलो सानो नहेरी सबैको विचारलाई उत्तिकै महत्त्व दिएर मनन गरिन्छ,’ उनले भनेकी छन्।

पार्टीले ठूलो आशा, भरोसा गरी दिएको पद त्याग गर्नुलाई आफूले हल्का रूपमा नलिएको बताएकी छन्।

उनले रास्वपाप्रति आफ्नो प्रतिबद्धतामा केही हेरफर हुन नदिने बताएकी छिन्।

‘मलाई यो मञ्च र जनतामाझ पुग्ने मौका पार्टी र पूर्वसभापति रवि लामिछानेको प्रयासका कारण मात्र सम्भव भएकोमा कुनै दुई मत हुन सक्दैन। पार्टीको जिम्मेवारीबाट मुक्त भएपछि सांसदको भूमिका अझ सशक्त रूपमा अघि बढाउने छु,’ उनले भनेकी छन्।

पार्टीमा अन्य कुनै पद ताकेर यो पद त्याग नगरेको र आफू एक व्यक्ति एक पदलाई पूर्ण रूपमा अंगीकार गरी सांसद रहेसम्म केन्द्रीय सदस्यबाहेक पार्टीको अन्य पदमा दाबेदारी पेस नगर्नेसमेत घोषणा गरेकी छन्।

रास्वपाको केन्द्रीय समिति बैठक पार्टी कार्यालय चःमतिमा बसिरहेको छ। बैठकमा उनको राजीनामाको विषयले पनि प्रवेश पाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन – प्रधानमन्त्री ओली

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण –  परराष्ट्रमन्त्री

नेपाल टेलिकम र एनसेलबाट ५ अर्ब असुल्नुपर्ने महालेखाको निष्कर्ष

प्रत्यक्ष निर्वाचित कार्यकारी र सांसदलाई मन्त्री नबनाउने प्रणालीमा जाऔँ- नारायणकाजी

इरानप्रति ट्रम्पको अडान परिवर्तन

संवैधानिक परिषद्सम्बन्धी विधेयक विधायन व्यवस्थापन समितिमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com