ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ डीआईजी एआईजीमा बढुवा सिफारिस


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक डीआईजी अतिरिक्त महानिरीक्षक ९एआईजी० पदमा बढुवा सिफारिस भएका छन्।
बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ परेका छन्। त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी छन्।

उनीहरूलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ। एआईजी सिफारिस भएका खापुङ, आचार्य र शर्मा २०५२ साल कात्तित्तकमा भर्ना भएका हुन्।

बाँकी ३ जना २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। २०५३ सालमै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोली नै बढुवामा छुटेको छ।

खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका थिए। शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डीआईजी भए।

खापुङ अहिले सीआईबीमा, आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुख छन्। यी तीनै जना प्रहरी महानिरीक्षक दीपक थापासँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेर वैकल्पिक सूचीमा रहेका र २०५२ कात्तिकमा भर्ना भएका थिए।

उनीहरूमध्ये एकजना प्रहरी महानिरीक्षक बनेर २ महिना संगठनको नेतृत्व गर्ने सम्भावना पनि छ। शर्मासँगै डीआईजीमा बढुवा भएका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी पनि एआईजी बनेका छन्। तर केसीलाई भन्दा अगाडी अधिकारीलाई ल्याइएको छ।

कार्की लुम्बिनी प्रदेश प्रहरी प्रमुख, अधिकारी कोसी प्रदेश प्रहरी प्रमुख र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा छन्। २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको सिद्धिविक्रम शाहसहितको टोली भने यसपटक पनि बढुवामा छुटेको छ। यसअघि रवि लामिछानेले शाहको टोलीलाई छुटाएर २०५४ को टोलीलाई अगाडी बढाएका थिए। अहिलेको सरकारले पनि त्यही टोलीलाई अगाडी बढाएको हो।

शाहसहित उनको ब्याचका ५ जना २०८१ मंसिरमा डीआईजीमा बढुवा भए। उनीसँगै बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक यसपटक पनि पछि परे। डीआईजीमा अन्याय भएको भन्दै एआईजीमा अगाडि आउनु पर्ने उनीहरूको जोड थियो।

जनपदतर्फ ८ जना एआईजीको दरबन्दी रहेको प्रहरीमा अहिले २ जना मात्रै कार्यरत छन्।

प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मात्रै कार्यरत छन्। प्रहरी प्रधान कार्यालयका ५ वटा विभाग र केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० समेत प्रमुखविहीन भएको छ।

प्रहरी प्रधान कार्यालयका अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानवस्रोत विकास विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागमै एआईजी छैनन्। यी विभागको प्रमुख एआईजी हुन्छन्।

यस्तै सीआईबीका प्रमुख रहेका दीपक थापा आईजीपी भएपछि त्यो पद पनि रिक्त छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश पोखरेलको इजलासमा

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

रविको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन, कारण स्पष्ट भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com