काठमाडौं ३ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने तीन जना प्रहरी जिम्मेवारीबाट हटाइएका छन् ।
गएको चैत ३१ गते दुबईबाट फर्किएका युवकलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरी विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएका हुन् । उनीहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्