ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वुमन्स डे कप : पहिलाे खेलमा नेपाल नामिबियासँग पराजित


एबीसी न्यूज
फाल्गुन २५, २०८१ आईतबार  ७ : ४५ बजे

काठमाडौं २५ फागुन । वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

हिजो बेलुका भएको खेलमा नेपाल डकवर्थ लुइस ९डीएलएस० का आधारमा ६ विकेटले पराजित भएको हो । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा पानी परेको थियो ।

पानी पर्न रोकिएपछि नामिबियाले डीएलएसका आधारमा १५ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो । यो लक्ष्य नामिबियाले १ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटायो । नामिबियाकी मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाइन् । नेपालका पूजा महतो, कविता जैशी, इन्दु बर्मा र ईश्वरी विष्टले १र१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो । नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन् । यस्तै ईश्वरी विष्टले नटआउट १७, कविता जोशीले १६, पूजा महतोले १३ रन बनाइन् । नामिबियाकी विल्का मतिले र मेकेलाए मातिलेले ३र३ विकेट लिए ।

यो शृङ्खलाको अर्को खेलमा घरेलु टोली युगान्डाले हङकङलाई ८ विकेटले हरायो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

मदनभण्डारी राजमार्गमा पर्ने झण्डै १४ हजार रुख कटान

सम्बन्धित

विश्वले नियालिरहेको वार्ता: इस्लामाबादमा कस्तो छ तयारी

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com