ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा थपिए ३ मन्त्री


sharan sharan

बुटवल, ५ चैत्र ।
प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्री थपिएकाछन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषदको बिस्तार गर्दै प्रदेश नम्बर ५ मा ३ जना मन्त्रीहरु थप्नु भएको छ ।
मुख्यमन्त्रीबाट थप गरिएको ३ जना मन्त्रीहरुले आजै एक कार्यक्रमका बिच प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।
मन्त्रीपरिषदमा एमालेले दुई मन्त्री र माओबादी केन्द्रबाट १ मन्त्री थएिका छन् । यस अघि नै प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको थियो । गिरीलाई उद्योग पर्यटन तथा वाताबरण र पौडेललाई भुमि ब्यवस्था तथा कृषि मन्त्रीको जिम्मेवारी दिईएको छ । प्रदेश मन्त्रीमण्डलमा माओबादी केन्द्रका सुदर्शन बराललाई सामाजिक बिकास मन्त्री तोकिएको छ ।
गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बांके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने बराल गुल्मी १ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
यसअघि फागुन ३ गते मुख्य मन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो । शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । नव नियुक्त मन्त्रीहरुले आजै आफ्नो कायैभार ग्रहण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश (पूर्णपाठ)

काठमाडौं, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको

देउवाको निर्देशन गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्

काठमाडौं, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन्। सोमबार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

पोखरा, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे

सम्बन्धित

खजुरामा फेला परेको बम नष्क्रिय

खोप केन्द्रमा नआउँदा समस्या

पाल्पा प्रशासनले आइतवारदेखि सेवा दिने

कोरोना परीक्षण प्रयोगशाला बन्द

राष्ट्रियसभा सदस्य निर्वाचन लुम्बिनी प्रदेशमा गठबन्धन विजयी

देवदहमा घरदैलो गर्दै एकीकृत समाजवादी पार्टी 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...