ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्री थपिँदै


sharan sharan

बुटवल, ५ चैत्र ।
प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्री थपिने भएकाछन् । प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला सोमबार मन्त्रिमण्डल विस्तारको तयारी गरिएको छ ।
प्रदेश ५ को मुख्य मन्त्रीको कार्यालय स्रोतले दिएको जानकारी अनुसार कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरिनेछ ।
गपिने मन्त्रीपरिषदमा एमालेले दुई मन्त्री र माओबादी केन्द्रबाट १ मन्त्री थपको निर्णय भएको बताईएको छ । प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको छ । गिरी सामाजिक विकास तथा सहकारी र पौडेल कृषि मन्त्री बन्ने बताइए पनि मुख्यमन्त्री सचिवालयले भने औपचारीक जानकारी दिएको छैन ।
गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बाँके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
माओवादीले गुल्मी १ ‘क’ बाट निर्वाचित सुदर्शन बराल मन्त्री बन्ने पक्का भएको श्रोतको दाबी छ । बरालले सम्हाल्ने मन्त्रालयबारे औपचारिक टुंगो नलागे पनि उनले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको बताइएको छ ।
यसअघि फागुन ३ गते मुख्य मन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो । शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com