ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पका पूर्व सल्लाहाकार स्टिभ ब्याननले मस्कलाई ’परजीवी अवैध आप्रवासी’ को आरोप लगाए


एबीसी न्यूज
फाल्गुन ७, २०८१ बुधबार   ८ : ३३   बजे

राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व शीर्ष सल्लाहकार स्टिभ ब्याननले इलोन मस्कमाथि आरोपलाई चर्काउँदै उनलाई “परजीवी अवैध आप्रवासी“ भनेका छन्। उनले मस्कलाई अमेरिकी परम्परालाई बेवास्ता गर्ने एजेन्डा अघि बढाएको आरोप पनि लगाएका छन्।
यी पछिल्ला टिप्पणीहरूले ट्रम्पका सहयोगी दुई प्रभावशाली व्यक्तित्वबीचको बढ्दो तनावलाई उजागर गरेको छ । ब्यानन, ट्रम्पको पहिलो कार्यकालमा प्रमुख रणनीतिकार थिए, उनले मस्कलाई वर्तमान प्रशासनमा खतरनाक शक्ति भएको रूपमा चित्रण गरेका छन्।

किन महत्वपूर्ण छ ?
ट्रम्पको पहिलो कार्यकालको नीतिहरू निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका ब्यानन मस्कको बढ्दो प्रशासनिक भूमिकाका कट्टर आलोचक बनेका छन्। उनले विश्वका धनी व्यक्ति मस्कलाई “जातिवादी,“ “चिनियाँ प्रभावको एजेन्ट“ र मागा आन्दोलनका लागि अस्तित्वगत खतरा भएको आरोप लगाएका छन्।

इलन मस्क २०२४ मा ट्रम्पलाई समर्थन गरेदेखि ट्रम्प प्रशासनमा महत्वपूर्ण शक्ति केन्द्र बनेका छन्। उनी केवल मुख्य चुनावी दाता मात्र नभएर ह्वाइट हाउसको ओभल अफिसमा बारम्बार उपस्थित हुने व्यक्ति पनि बनेका छन्। ट्रम्पको पुनरागमनपछि मस्कले विदेशी नेताहरूसँग भेटघाट गरिरहेका छन् र संघीय प्रशासनलाई कठोर रूपमा घटाउने जिम्मेवारी दिइएको नयाँ सरकारी निकाय, “डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी (डोज)“ को नेतृत्व गरिरहेका छन्।

स्टिभ ब्याननले इलन मस्कमाथि गरेको पछिल्लो आलोचना अनहर्डका जेम्स बिलोटसँगको अन्तर्वार्तामा प्रसारित भएको थियो र पछि उनको वाररुम नामक पोडकास्टमार्फत व्यापक रूपमा प्रचार गरिएको थियो। यसले ट्रम्पको दोस्रो कार्यकालमा राष्ट्रपति समर्थकहरूको बीचमा बढ्दो विभाजनलाई देखाएको छ ।

“हाल शक्ति मस्कसँग छ,“ ब्याननले अनहर्ड अन्तर्वार्तामा उनले भने। “डेमोक्र्याटहरू कतै देखिँदैनन्।“ उनले मस्कलाई “ईश्वर खेल्ने“ आरोप लगाउँदै देशका मूल्य र परम्परालाई बेवास्ता गर्दै कट्टर परिवर्तनहरू थोपर्न खोजेको बताएका छन्।
स्टिभ ब्याननले मस्कलाई सरकारी खर्च कटौती गर्ने आफ्ना वाचाहरू पूरा गर्न नसकेको आरोप लगाउँदै थप आलोचना गरे। उनले डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी (डोज) को बजेट व्यवस्थापनलाई “नाटकीय प्रदर्शन मात्र“ भएको भन्दै आक्रमण गरे र विविधता कार्यक्रमहरू हटाउने बाहेक ठूला खर्च कटौती किन प्रस्ताव नगरिएको भनेर प्रश्न उठाए।

”डोज बजेट सम्हालेर बसिरहेको छ, तर डोजका खर्च कटौतीहरू कहाँ छन् ?“ब्याननले आक्रोशपूर्ण रूपमा भने। “हामी वार्षिक बजेट अनुमोदन गर्न ३० दिन मात्र टाढा छौँ, जसमा पहिले नै २ ट्रिलियन समावेश भइसकेको छ, तर डोजले एक पैसा पनि बचत गरेको छैन। यो हास्यास्पद छ।“

मस्कको डोज टोलीले युएसएआइडी शिक्षा विभाग र विविधता, समानता तथा समावेशीकरण (डीइआई) जस्ता कार्यक्रमहरू जाँच्न थालेको छ, जुन परम्परावादीहरूको लागि अलोकप्रिय छन्। तर, यसले हालसम्म पेन्टागनलाई छोएको छैन, जुन ब्याननका अनुसार सातौं पटक आफ्नो अडिट पास गर्न असफल भएको छ। उनले युएसआइडीको प्रयासलाई “नाटक मात्र“ भन्दै खारेज गरे।
सरकारी नीतिभन्दा बाहिर गएर, ब्याननले मस्कको पृष्ठभूमिलाई पनि लक्षित गरेका छन् । उनले मस्कलाई बाहिरी शक्तिका रूपमा चित्रण गर्दै, अमेरिकाको राजनीतिक प्रणालीलाई आफ्नो स्वार्थका लागि चलाएको आरोप लगाएका छन् ।
“मस्क परजीवी अवैध आप्रवासी हुन् । उनले आफ्ना अनौठा प्रयोगहरू थोपर्न चाहन्छन् र देशको इतिहास, मूल्यहरू वा परम्परालाई कुनै सम्मान नगरी ईश्वर बन्ने नाटक गरिरहेको छन,“ब्याननले अनहर्डसँग बताए ।
पुरानो दुश्मनी
७८ वर्षीय रणनीतिकार ब्याननले मस्कमाथि यसअघि पनि हमला गरिसकेका छन्। उनले मस्कलाई “जातिवादी“ भन्दै अन्य दक्षिण अफ्रिकी प्रविधि उद्यमीहरू, पीटर थील र डेभिड स्याक्ससँग जोडेका छन्। ब्याननका अनुसार, यी व्यक्तिहरू अमेरिकी राजनीतिमा प्रभाव पार्न खोजिरहेका छन् तर उनीहरूको देशप्रति कुनै वास्तविक निष्ठा छैन।
“पीटर थील, डेभिड स्याक्स, इलन मस्क—यी सबै सेतो दक्षिण अफ्रिकीहरू हुन्… फर्केर दक्षिण अफ्रिका जाऊ। किन विश्वका सबैभन्दा जातिवादी मानिसहरू, श्वेत दक्षिण अफ्रिकीहरू, अमेरिकाको बारेमा कुनै टिप्पणी गरिरहेका छन
?“ ब्याननले जनवरीमा भनेका थिए।
इलन मस्कले ब्याननका आक्रमणहरूलाई प्रायः बेवास्ता गरेका छन्। उनले एक्स (पहिलेको ट्विटर) मा संक्षिप्त प्रतिक्रिया मात्र दिएः “ब्यानन उत्कृष्ट वक्ता हुन सक्छन्, तर उत्कृष्ट कर्मयोगी होइनन्। उनले यस हप्तामा के गरे? केही पनि गरेका छैनन् ।“

ट्रम्पको विश्वास
ब्याननले मस्कको प्रभावमाथि प्रश्न उठाए पनि, अन्ततः ट्रम्प नै प्रमुख निर्णयकर्ता रहेको दाबी गरेका छन् । जब उनलाई मस्कलाई प्रशासनबाट हटाउन किन माग नगरेको भन्ने प्रश्नमा उनले ट्रम्पको मस्कप्रतिको निरन्तर विश्वासलाई कारण बताए। “राष्ट्रपति ट्रम्प भन्छन्, मस्कले कुनै पनि काम ट्रम्पको जानकारीबिना गर्दैनन्। म उनको शब्दलाई नै विश्वास गर्छु,“ ब्याननले भने।राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्ः “इलन मस्क ह्वाइट हाउसको अनुमतिबिना केही गर्न सक्दैनन्। कुनै समस्या भए, ऊ नजिक पनि हुने छैन।“

अब के त ?
ब्यानन बाहेक, अन्य उच्च–प्रभावशाली परम्परावादी व्यक्तित्वहरू, जस्तै चार्ली किर्क र लौरा लुमर, पनि मस्क र उनको नीति–स्थिति विरुद्ध खुलेर बोल्न थालेका छन्।
यद्यपि, इलन मस्कको डोज प्रमुखको रूपमा भूमिका जारी रहने अपेक्षा गरिएको छ। ट्रम्प प्रशासनको संघीय खर्च कटौती योजनाको एक भागस्वरूप, मस्कले यस हप्ताको आफ्नो ध्यान सिक्योरिटीज एण्ड एक्सचेन्ज कमिसनमा केन्द्रित गर्ने तयारी गरेका छन्।
न्युजविकबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group