काठमाडौं २५ माघ । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाली महिला टोलीले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। सवा १२ बजेबाट सुरु भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
नेपालले यसअघि खेलेका ५ वटै खेलमा पराजित भएको छ। थाइल्यान्डले ४ खेलमा जित र एक खेलमा पराजित भएको छ। नेपाल उपाधि होडबाट बाहिरिँदा थाइल्यान्ड सबैभन्दा बलियो देखिएको छ।
नेपाल नेदरल्यान्ड्ससँग तीनै खेलमा पराजित हुँदा थाइल्यान्डसँग दुई खेलमा पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा ५ रनले पराजित भएको छ।
नेपाललाई आजको जितले सान्त्वना मात्रै हुनेछ।
प्रतिक्रिया दिनुहोस्