ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षले राष्ट्रियसभा अध्यक्षलाई भने, ‘मन कुँडिने व्यवहार नहोस्’


admin

काठमाडौँ, २ चैत। राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले भन्नुभयो, “मेरा सबै गतिविधि सहमतिका आधारमा अघि बढ्नेछन्। मुलुकको समृद्धि र जनताको अपेक्षा पूरा गर्ने सवालमा सबै एक भएर अघि बढ्नेछाँै ।”

बौद्धिक समुदायको प्रतिनिधित्व रहने सदनका रुपमा रहेको राष्ट्रियसभाको अपरिहार्यतालाई प्रमाणित गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै तिमिल्सिनाले आफू सबै राजनीतिक दलको सहमति र समर्थनमा निर्वाचित भएकामा सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

मन कुँडिने व्यवहार नहोस्ः प्रतिपक्ष 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई सहमतिका आधारमा अघि बढाउने सन्दर्भमा अध्यक्ष आफ्नो पार्टीका सहयोगमा निर्विरोध निर्वाचित भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा दलीय आधारमा होइन सहमतिका आधारमा अघि बढ्न सकोस् । सबै समस्याको गाँठो फुकाउन सक्ने समाधानको थलो बन्न सकोस् । संसद्ले अनास्था गरेका कारण विद्रोहको आवाज उठ्न नपरोस्, यो सदन सहमतिका थलो बन्न सकेमा राजनीति सहज रुपमा अघि बढ्नेछ । प्रतिपक्षको मन कुँडिने व्यवहार कहीँकतैबाट नआओस् ।”

सत्ताको नेतृत्व गरेको दल नेकपा (एमाले)का सांसद परशुराम मेघी गुरुङले नयाँ युगको गन्तव्य यही सदनबाट भएको सन्देश प्रवाह गर्न सक्नुपर्ने बताउँदै मुलुकको विविधतालाई सामाजिक एकतामा सुदृढ तुल्याउने कामलाई ऐन कानून निर्माण गरेर जिम्मेवारी पूरा गर्नुपर्छ भन्नुभयो । एमालेकै दिलकुमारी रावलले जनताको अपेक्षानुसार नै जनताले सम्मानपूर्वक बाँच्न पाउने न्यायपूर्ण कानून बनाउन अध्यक्ष अभिभावक बन्न सक्नुहोस् भनी शुभकामना दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का कालीबहादुर मल्लले स्थानीय र प्रदेशसभालाई सो सदनसँग जोडेर लैजान आवश्यक रहेको बताउँदै समृद्धिको आन्दोलन राष्ट्रियसभामार्फत अघि बढ्न सकोस् भन्नुभयो । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा नवनिर्वाचित अध्यक्षलाई दलीय आधारमा सदस्यबाट बधाई तथा शुभकामना दिने कार्यसूची थियो । अध्यक्ष तिमिल्सिना गत फागुन ३० गते माथिल्लो सदनका रुपमा राष्ट्रियसभामा सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही चैत ४ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com