काठमाडौं २१ माघ । नेपालको यू महिला क्रिकेट टोलीकी पूजा महतो आईसीसी यू विश्वकपको ‘टिम अफ दि टुर्नामेन्ट’मा पर्न सफल भएकी छिन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले यू टी२० विश्वकप २०२५ को ‘टिम अफ दि टुर्नामेन्ट’ घोषणा गरेको हो।
यसमा गोन्गादी तृषा भारत०, जेमा बोथा दक्षिण अफ्रिका०, डेभिना पेरिन इंग्ल्यान्ड०, जी कमालिनी ९भारत०, काइमी ब्रे ९अस्ट्रेलिया०, पूजा महतो ९नेपाल०, कायला रियानिकी ९दक्षिण अफ्रिका०, क्याटी जोन्स ९इंग्ल्यान्ड०, आयुष शुक्ला ९भारत०, केमोडी प्रबोदा ९श्रीलंका०, वैष्णवी शर्मा ९भारत० र थाबिसेङ निनी ९दक्षिण अफ्रिका० रहेका छन्।
भर्खरै सम्पन्न विश्वकपमा उनले ७० रन बनाएकी थिइन्। उनको स्ट्राइक रेट ५१।८५ थियो। प्रतियोगितामा उनले कुल ९ विकेट आफ्नो नाममा पारेकी थिइन्। उनको इकोनोमी ४।३४ रह्यो। उनले मलेसियाविरुद्ध ९ रन मात्र दिएर ४ विकेट लिएकी थिइन्।







प्रतिक्रिया दिनुहोस्