काठमाडौं २० माघ । पोखरा रगंशालास्थित कभर्डहलमा आइतबार भएको महिलातर्फको फाइनलमा टाइगर ग्रुपले ३(२ को सेटमा हराउँदै उपाधि जितेको हो।
टाइगर कपको उपाधि पहिलो पटक आयोजक टोलीले उचालेको हो।
एपीफले पहिलो सेट २५(१७ ले जित्यो। दोस्रो सेट भने टाईगर ग्रुपले २९(२८ ले आफ्नो पक्षमा पारेको थियो।
तेस्रो सेट भने एपीएफले २५(२१ ले जित्यो। तर चौथो सेटमा टाइगर ग्रुपले २५( ले आफ्नो पक्षमा पार्दै सेट बराबरी गरेको गर्यो।
पाचौँ तथा अन्तिम सेट टाइगर ग्रुपले १५(१३ ले लगातार आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।
पुरुषतर्फको फाइनल खेल केहीबेरमा सुरु हुनेछ। पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन्।







प्रतिक्रिया दिनुहोस्