ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारगृहमा वैदेशिक लगानी बढ्दो, राष्ट्रियता र पहिचानमाथि खतरा थपियो – अध्यक्ष थापा


admin

काठमाडौँ, १ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको सञ्चारगृहमा वैदेशिक लगानी बढ्दै गएको जनाउँदै यसबाट राष्ट्रियता र पहिचानमाथि खतरा थपिएको बताउनुभएको छ ।
मिडिया नेपालको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेता थापाले संविधानमा प्रेस स्वतन्त्रता भनिए पनि सञ्चारमाध्यममा समाचार स्वतन्त्रता नरहेको बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री थापाले भन्नुभयो, “पत्रकारिता क्षेत्रले आफ्नो गरिमालाई कायम गर्दै देश र जनतालाई तथ्यपरक समाचार सुसूचित गर्नुपर्छ ।’ अर्काे प्रसङ्गमा उहाँले अघिल्ला प्रधानन्यायाधीशले आफ्नो दललगायत देश र जनतालाई नोक्सान पुग्ने केही विवादास्पद निर्णय गरेको आरोप लगाउनुभयो ।

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले सञ्चारकर्मीले राष्ट्रियता र प्रजातन्त्रको संरक्षणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री राजेन्द्र लिङ्देनले मुलुकमा भ्रष्टाचार संस्थागत भएका कारण विकास र समृद्धिमा अवरोध पुगेको बताउँदै प्रेसलाई बलियो बनाएमा मात्र सुशासन कायम हुने विचार व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, प्रेस चौतारी नेपालका उपाध्यक्ष माधव नेपाल, नेपाल प्रेस युनियनका उपाध्यक्ष दीपक आचार्य, ब्रोडकाष्टिङ एशोशिएशन नेपालका अध्यक्ष गोपाल झा, मिडिया नेपालका सदस्य हेमबाबु लेखकलगायतले मुलुकमा साना लगानीका सञ्चारगृहलाई संरक्षण गर्न सरकारले सन्तुलित रुपमा विज्ञापन उपलब्ध गराउनुपर्ने र त्यसका लागि विज्ञापन प्राधिकरण गठन गर्नुपर्ने माग गर्नुभयो ।

मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले देशमा सञ्चारकर्म भौतिक र पेशागत रुपमा असुरक्षित रहेको र अव्यवस्थित भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com