काठमाडौं, १ चैत । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ ।
न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हाल्नुभएको हो ।

पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गर्दै आउनुभएको छ । तर, सर्वोच्च प्रशासनले उहाँको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जनाएको छ । साथै कामु प्रधानन्यायाधीश जोशीले इजलास पनि तोक्नुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्