ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचन : संघीय संसद् र प्रदेशसभा सदस्यबीच विमर्शको अवसर पनि


admin

काठमाडौँ, २९ फागुन ।  ‘हाम्रो प्रदेशमा स्वागत छ, माननीयज्यु’ प्रदेश नं ३ का आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकटेृलले प्रदेश नं ६ का आर्थिक तथा योजनामन्त्री प्रकाश ज्वालालाई लाइनमा हात मिलाउँदै भन्नुभयो,–“मन्त्री ज्वालाले धन्यवाद दिँदै जवाफमा सोध्नुभयो, ‘ल हाम्रो प्रदेशतिर कहिले आउनुहुन्छ त ?”

नयाँ सविधान बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राष्ट्रप्रमुख चयनका लागि पहिलोपटक भएको निर्वाचनमा संघीय संसद्देखि प्रदेशसभाका सदस्य मतदान मात्र होइन आपसी भेटवार्ताका रुपमा पनि यस अवसरलाई उपयोग गर्न व्यस्त देखिनुभयो ।

विगतमा व्यवस्थापिका संसद्मा रहनुभएका जम्मकटृेल र ज्वाला पछिल्लो निर्वाचनपछि सम्भवतः पहिलोपटक भेट्दै आपसी बधाई साटासाट पनि गर्नुभयो ।

निर्वाचनस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लाइनमा उभिएका बेलामा संघीय र प्रदेशसभामा सदस्यबीच परिचय गर्ने र बधाई साट्ने तथा एकापसका अनुभव आदानप्रदान भएको पनि देखियो । संघीय संसद्का मतदाताको संख्या कम भए पनि प्रदेशसभामा धेरै सदस्य भएकाले लामो लाइनका कारण पनि उहाँहरुबीच भलाकुसारी हुने थप वातावरण बन्यो ।

सँगै लाइनमा रहनुभएका प्रदेश नं ५ का सदस्य दिनेश पन्थी र प्रदेश नं ३ का सदस्य नरोत्तम वैद्यबीच आ–आफ्नो प्रदेशको नाम र राजधानीबारे विमर्श चलेको देखियो । पन्थीले आफ्नो प्रदेशको नाम लुम्बिनी र वैद्यले आफ्नो प्रदेशको नाम ‘पशुपति’ हुनुपर्ने विचार प्रकट गर्नुभयो ।

मुुलुकले संघीयताको अभ्यास गरेपछि पहिलोपटक निर्वाचन मण्डलबाट राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन गराउने जिम्मा लिएको निर्वाचन आयोगलाई पनि यो नयाँ अभ्यास सावित भयो । कतिपय सदस्यले भने राष्ट्रपतिको निर्वाचनको मौकामा आफूहरु जुट्न पाएकामा खुशी हुनुहुन्थ्यो भने कतिपय सदस्यले सम्बन्धित प्रदेशमै निर्वाचन गराइएको भए कम खर्चिलो हुने टिप्पणी गर्दै हुनुहुन्थ्यो ।

मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेससभा सदस्य सम्मेलन केन्द्रमा रहेको संघीय संसद् भवन परिसर, नयाँ बानेश्वरमा भेला भएर मतदान गरेको घटनालाई सञ्चार माध्यमले उत्सुकताका साथ समाचार संकलन गरेका थिए । निर्वाचन मण्डलका सदस्य आफ्ना आफ्ना वेशभूषामा सजिएर लाइनमा देखिनुभएको थियो । कतिपय सदस्य यो निर्वाचनका लागि केही दिन पहिले नेपालको राजधानी काठमाडौँमा आउनुभएको थियो भने कतिपय सदस्य आजै आफ्नो प्रदेशबाट काठमाडौँ आई सिधँै मतदास्थलमा पुग्नुभयो ।

माननीय मतदाता रहेको स्थान भएकाले हो–हल्ला र अव्यवस्थित वातावरण भने त्यहाँ देखिएन । उम्मेदवारका तर्फबाट मत माग्नुपर्ने अवस्था पनि थिएन ।

मध्यान्हमा घाम चर्केकाले प्रदेशसभाका सदस्यहरुले गर्मी र थकान महसुस गरे पनि नयाँ÷नयाँ परिचय र कुराकानीले उहाँहरुलाई सायद समय बितेको चाल भएन । बिहान १० बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट कुमारी लक्ष्मी राई उम्मेदवार हुनुहुन्छ ।

उम्मेदवार राई दिनभरजसो मतदानस्थलमा रहनुभएको थियो भने वर्तमान राष्ट्रपति पदीय मर्यादाका कारण त्यहाँ आउनुभएन । राष्ट्रपति निर्वाचनमा संघीय संसद्को ३३४ र प्रदेससभाका ५५० सदस्य रहने संवैधानिक व्यवस्था भए पनि कतिपय सदस्यको शपथ नभएका कारण कूल मतदाता ८८० हुनुहुन्थ्यो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलगायत शीर्ष नेताले मतदानमा भाग लिँदा पत्रकारको ध्यान खिचिएको थियो ।

मतदानपछि प्रदेश नं ३ का सदस्य राजेश शाक्यले नेपालमा पहिलो पटक संघीयता भोगिए झैँ राष्ट्रपतिको निर्वाचनमा आफैले मतदान गरेको पनि पहिलो अनुभव रहेको सुनाउनुभयो ।

मतदानका लागि आजै काठमाडौँ आउनुभएका प्रदेश नं २ का सदस्य रामाशीष यादवले आफूहरुलाई काठमाडौँ नबोलाई सम्बन्धित प्रदेशमा राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनमा सहभागी गराइएको भए राम्रो हुने सुझाव दिनुभयो । अर्को साता उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रदेश नं ७ का सदस्य दिव्यलक्ष्मी शाहले राष्ट्रपति चयन गर्नु आफूहरुको महत्वपूर्ण दायित्व भएकाले काठमाडौँ आउनुपरेको र निर्वाचित हुने राष्ट्रपतिले सबै जनता र देशवासीको भावनालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठीले संघीयता नयाँ भएकाले यसलाई क्रमशः अभ्यास र व्यवहार मिल्दै जाने अपेक्षा व्यक्त गर्नुभयो । ‘सुन्दरता र मित्रताको अन्त्य हुँदैन । अभ्यासले परिमार्जन गर्दै लान्छ,’ त्रिपाठीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

प्युठान, ६ जेठ । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि

दशकौंदेखि नेकपा एमालेको गढ रहेको रुरु क्षेत्रमा पूर्व मुख्यसचिवको सहयोगमा यदुको उदय

गुल्मी, ६ जेठ । दशकौंदेखि नेकपा एमालेको गढको रुपमा परिचत रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवाली विजयी भएका छन् । ज्ञवाली

कलैया उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाडौं, ६ जेठ । नेकपा एमालेले बारास्थित कलैया उपमहानगरपालिकाको मेयर–उपमेयर दुवै पदमा विजय हाँसिल गरेको छ।सत्तारुढ चार दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले २०७४ को

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

दशकौंदेखि नेकपा एमालेको गढ रहेको रुरु क्षेत्रमा पूर्व मुख्यसचिवको सहयोगमा यदुको उदय

कलैया उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

६ सय ४८ पालिकाको मत परिणाम : कांग्रेस २ सय ९१, एमाले १ सय ७९ र माओवादी १ सय १२ वटामा विजयी

मतपेटिका लुटेर भागेका बैठा पक्राउ : यस्तो छ उनको विगत

एमाले ओलीको आयोजित सभामा भीड, नतिजा भने शून्य एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com