ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाको राजनीतिक संकट कसरी भय र षड्यन्त्र सिद्धान्तले आक्रान्त हुँदैछ ?


ABC News

 

काठमाडौं एबसी विश्लेषण, पुस २१ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले चुनाव जित्नका लागि दक्षिणपन्थी युट्युबरहरूको समर्थन जुटाएका थिए अहिले, मार्शल लअ लगाउने उनको प्रयास असफल भएपछि पनि उनीहरू राष्ट्रपति युनका सहयोगीकै रुपमा क्रियाशील छन् ।
गत हप्ताभरि, ७२ वर्षीय किम क्वोन–सपजस्ता हजारौं मानिसहरूले राष्ट्रपति युन सुक योलको घर नजिकै प्रदर्शन गर्दै आएका छन्। उनीहरू युनलाई पक्राउ गर्न खोजिरहेका अभियोजकहरूबाट बचाउनका उभिएका छन्। अभियोजकहरूले युनलाई गत महिनामा मार्शल लअ घोषणा गरेको आरोपमा राजद्रोहको मुद्दा लगाएका थिए।What South Korea's Frequent Protests Say About Its Politics - The New York Times

यी प्रदर्शनकारीका लागि, देशद्रोहको अपराध राष्ट्रपतिले नभएर विपक्षीले गरेको हो भन्ने लाग्छ । उनीहरूले संसदमा आफ्नो बहुमतको दुरुपयोग गर्दै बारम्बार युनका राजनीतिक प्रयासहरू अवरुद्ध गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, गत अप्रिलको चुनाव नै धाँधलीपूर्ण थियो, त्यो चुनावमा विपक्षीले प्राप्त गरेको बहुमत अवैध छ। युनको बचाउ गर्नु भनेको दक्षिण कोरियालाई बचाउनु हो, जहाँ “उत्तर कोरियाका समर्थकहरू“ न्यायालयदेखि विद्यालय र सञ्चार माध्यमसम्म जताततै घुसेका छन्।

दक्षिण कोरियामा यस्तो षड्यन्त्र सिद्धान्तलाई सामान्यतया दक्षिणपन्थी युट्युबरहरूद्वारा फैलाइएको सामाजिक सञ्जालको प्रचारका रूपमा हेरिने गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । तर, देशको राजनीतिक विभाजनकालाई चर्काउने कारणमा युनको मुद्दाले जनताको ध्यान तान्न सफल भएको छ। किमजस्ता कट्टर समर्थकहरू प्रदर्शनमा सहभागी भई राष्ट्रपति युनलाई फिर्ता ल्याउन आह्वान गर्दै छन्।Protesters say South Korea martial law shows 'how easily democracy can be threatened' | CNN

किम भन्छन्, “म यो प्रदर्शनमा जाँदा प्रत्येक दिन मेरी पत्नीलाई भन्छु, आज म जीवित नफर्किन पनि सक्छु। म मेरो उद्देश्यका लागि मर्न तयार छु। यो मात्र राष्ट्रपति युनको सुरक्षाको कुरा होइन, यो मेरो सन्ततिका लागि मेरो देश बचाउने कुरा हो, सिओले टाइम्सको एक समाचार टिप्पणीमा उल्लेख गरिएको छ ।

अमेरिकामा डोनाल्ड जे. ट्रम्पसँग “मेक अमेरिका ग्रेट अगेन” नामक मागा आन्दोलन छ भने, युनसँग “ताएगुक्गी बुडे” (शाब्दिक अर्थ, “राष्ट्रिय झण्डा ब्रिगेड”) नामक अभियान जोडिएको छ। यो प्रायः वृद्ध र चर्च जाने दक्षिण कोरियालीहरूको समूह हो, जसले आफ्ना ¥यालीहरूमा देशभक्तिपूर्ण गीत, दक्षिण कोरियाली र अमेरिकी झण्डाहरूको लहर, र बामपन्थी राजनीतिज्ञहरूमाथि आक्रमण गर्दै आएका छन् । उनीहरूको डर भनेको बामपन्थी नेताहरूले देशलाई चीन र उत्तर कोरियाको हातमा सुम्पनेछन् भन्ने रहेको टाइम म्यागजिनले लेखेको छ।

युन समर्थकहरूको संघर्ष
सोलको केन्द्रमा रहेको राष्ट्रपति युनको आवास नजिकै, उनको समर्थनमा हजारौं समर्थकहरू दिनरातको क्याम्पमा बसेका छन्। तिनीहरूको अडान छ कसैले पनि युनलाई पक्राउ गर्न प्रयास गर्ने हिम्मत नगरोस्। शुक्रबार, जब अनुसन्धानकर्ताहरू राष्ट्रपति निवासबाट फर्किएर पक्राउ पुर्जी कार्यान्वयन गर्न असफल भए, झण्डा फहराउँदै युनका समर्थकहरूले चिच्याए, “हामीले जित्यौं!”
“युन सुक योलले दक्षिण कोरियाली संस्करणको मागा आन्दोलना भर गर्दै छन्,” क्युङ ही विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक आह्न ब्योङ–जिनले बताएको द टाइम्सले लेखेको छ ।
मार्शल लअ घोषणा र त्यसको परिणाम
डिसेम्बर ३ मा युनले “घृणित उत्तर कोरियाली समर्थक र राज्यविरोधी शक्तिहरूलाई एकै पटक समाप्त गर्ने” भन्दै मार्शल लअ घोषणा गरेका थिए। तर दक्षिण कोरियामा ४५ वर्षपछि पहिलो पटक देशलाई सैनिक शासनमा राख्ने उनको प्रयास केही घण्टा भन्दा बढी टिक्न सकेन । विपक्षी–बहुमत संसदले यो निर्णय उल्टायो र युनलाई महाभियोग लगायो।

कानूनी चुनौती र जनतामा असन्तोष
राष्ट्रपति पदबाट निलम्बित युन अहिले संवैधानिक अदालतमा सुनुवाइको सामना गर्दै छन्, जसले उनलाई औपचारिक रूपमा हटाउने निर्णय गर्न सक्छ। उनीमाथि अलग्गै अभियोग पनि लगाइएको छ, जहाँ उनले सैनिकहरूलाई संसद कब्जा गर्न र आफ्नो राजनीतिक विरोधीहरूलाई गिरफ्तार गर्न आदेश दिएको आरोप लगाइएको छ।Thousands protest against Moon as South Korea capital scrambles curb virus resurgence - World - The Jakarta Post

युन समर्थकको दृढता
जनमत सर्वेक्षणहरूले देखाए अनुसार धेरैजसो दक्षिण कोरियालीले युनलाई पदबाट हटाउन चाहन्छन्। यद्यपि, उनका कठोर समर्थकहरू झण्डा फहराउँदै प्रदर्शनमा क्रियाशी नै छन्। दक्षिणपन्थी युट्युबरहरूले युनलाई वाशिंगटनसँगको गठबन्धनको समर्थकका रूपमा महिमण्डन गरेको अमेरिकी समाचारपत्रहरुले लेखेका छन् । केही युट्युबरहरूसँग लगभग एक मिलियन फलोअरहरु छन्, जसले युनको पुनःस्थापनाको माग गर्दै ¥यालीको प्रत्यक्ष प्रशारण गर्छन्। ती ¥यालीमा वक्ताहरूले युनविरुद्धका प्रयासलाई “उत्तर कोरियाको आदेशमा गरिएको ‘कू” भन्दै विरोध गर्छन्।

राजनीतिक ध्रुवीकरण
सामाजिक सञ्जाल र युट्युबरहरूले षड्यन्त्र सिद्धान्तलाई फैलाउँदै युनका प्रगतिशील शत्रुहरूविरुद्धको विभाजनलाई अझ चर्काइरहेका छन्। उनीहरूको गतिविधिले दक्षिण कोरियाको राजनीतिक संकटलाई थप जटिल बनाइरहेको छ।
दक्षिणपन्थी युट्युबरहरू र राष्ट्रपति युनको सम्बन्ध लामो समयदेखि नजिकको रहेको छ। २०२२ मा युनको उद्घाटन समारोहमा उनीहरूमध्ये दर्जनौंलाई निमन्त्रणा गरिएपछि उनीहरूको मित्रता थप बलियो भएको थियो। मार्शल लअ लगाउने प्रयास असफल भएपछि पनि, युनले उनीहरूप्रतिको आफ्नो समर्थन अरु बढी बढाएका छन् ।

नयाँ वर्षको दिन, आफ्ना समर्थकहरूलाई सन्देश दिँदै युनले भनेका थिए “म तपाईहरूको संघर्ष युट्युब प्रत्यक्ष प्रसारणमार्फत वास्तविक समयमा हेरिरहेको छु। हाम्रो देश राज्यविरोधी शक्तिहरू र हाम्रो सार्वभौमिकतामा हस्तक्षेप गर्ने आन्तरिक तथा बाह्य शक्तिहरूका कारण संकटमा छ।”
बुधबारको ¥यालीमा युनका प्रवक्ता वकिल सेओक डोङ–ह्योनले दक्षिणपन्थी युट्युबरहरूलाई धन्यवाद दिँदै युनलाई पक्राउ गर्न खोज्ने अनुसन्धानकर्ताहरूलाई विपक्षीका मोर्चाका रूपमा वर्णन गरे। उनले भने, “यो युद्ध हो। र तपाईंहरू यो युद्धका योद्धा हुनुहुन्छ।” यस्तो सन्देश अहिले दक्षिण कोरियाका युट्युव सट्र्समा भाइरल छ।

दक्षिण कोरियामा, अन्य लोकतान्त्रिकमा देशजस्तै, सामाजिक सञ्जालले राजनीतिमा प्रभाव पार्ने भूमिकालाई लिएर विवाद हुँदै आएको छ। कोरिया प्रेस फाउन्डेशनको २०२३ को प्रतिवेदनअनुसार, ५३ प्रतिशत दक्षिण कोरियालीहरू युट्युबबाट समाचार उपभोग गर्छन्, यो आँकडा यस्ताखाले ४६ देशहरूको औसत ३० प्रतिशतभन्दा धेरै हो।

विश्लेषकहरूले एल्गोरिदमद्वारा सञ्चालित जानकारीका बुलबुलेहरूले देशलाई विभाजित गरिरहेकोमा चिन्ता प्रकट गरिरहेका छन् । मानिसहरू यस प्रकारका सामग्री हेर्छन्, त्यही प्रकारको थप सामग्री प्रदान गर्ने एल्गोरिदमले उनीहरूलाई एउटै विचारधारामा सीमित बनाउँदै लगेको छ।

पूर्व सांसद र स्तम्भकार हङ सुङ–गुकले भने, “युन र उनका समर्थकहरूले अपनाएको भाषा र षड्यन्त्र सिद्धान्तहरू दक्षिणपन्थी युट्युबरहरूले फैलाएको विचारसँग मेल खान्छ। यो संसारकै पहिलो एल्गोरिदम–आश्रित विद्रोह जस्तो देखिन्छ।” द टाइम्समा उल्लेख छ । द टाइम्सका अनुसार हालैको एक युन समर्थक ¥यालीमा सहभागी दर्जन व्यक्तिहरूले आफूहरूले षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने बताए। तिनीहरूको मुख्य वा एक मात्र समाचार स्रोत दक्षिणपन्थी युट्युबरहरू नै हुन् ।
७२ वर्षीय किम जाए–सुङले भने, “उनीहरूले सत्य बोल्छन्। मैले अब अखबार पढ्न छोडेको छु र टिभी खोल्दिनँ। ती सबै पूर्वाग्रही छन्।”

Protests call for South Korean president to quit over martial law order | Protests News | Al Jazeera७० वर्षीय किम योङ–सनले आफ्नो पुरानो स्मार्टफोन निकालेर एक भिडियो क्लिप देखाए, जसमा प्रगतिशील नेताहरूलाई दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको गठबन्धनलाई कमजोर बनाउने र उत्तर कोरिया तथा चीनसँग मिल्ने प्रयास गरिरहेको रूपमा चित्रण गरिएको थियो। यो क्लिप चर्चित दक्षिणपन्थी पादरी, रेभ. जुन क्वाङ–हुनले बनाएका थिए।

१९८० मा, त्यतिबेला देशमा शासन गरिरहेको सैन्य शासनका नेता चुन डू–ह्वानले “उत्तर कोरियाली कठपुतलीहरू” र “खतरनाक तत्वहरू”को धम्की देखाउँदै मार्शल लअको औचित्य पुष्टि गरेका थिए।
युनको राजनीतिक समस्याहरू स्क्यान्डल र विपत्तिका कारण गहिरिँदै गर्दा, उनले दक्षिणपन्थी विचारधारासँग खुला रूपमा सहकार्य गर्न थालेका थिए । उनले असहमत पत्रकारहरूलाई “फेक समाचार” फैलाउनेका रुपमा आरोप लगाए र आफ्ना राजनीतिक शत्रुहरूलाई “कम्युनिस्ट अधिनायकवादका समर्थक” भनेर आलोचना गर्दै आएका छन् । उनले सरकारका कर्मचारीहरूलाई प्रशिक्षण दिने केन्द्रको नेतृत्वमा एक दक्षिणपन्थी युट्युबरलाई समेत नियुक्त गरेका थिए ।

मार्शल लअ घोषणा गर्नुअघि नै, केही दक्षिणपन्थी युट्युबरहरूले युनलाई आफ्ना घरेलु शत्रुहरूसँग जुझ्न यस्तो कदम चाल्न आग्रह गरेका थिए। उनीहरूले चीनको गोप्य संलग्नताको षड्यन्त्र फैलाउँदै दक्षिण कोरियाको राजनीतिमा यसको हस्तक्षेप भएको संकेत गरेका थिए। युन समर्थकहरूको ¥यालीहरूमा “चिनियाँहरूलाई निकाला गर” भन्ने आवाजहरू चकाईरहेको न्यूर्योक टाइम्सकै एक फरक समाचारमा उल्लेख छ। मार्शल लअको बचाउ गर्दै युनले चिनियाँ जासूसहरूको डरलाई अघि सारिएको छ ।
युन र दक्षिणपन्थी युट्युबरहरूले दक्षिण कोरियाका निर्वाचन परिणामहरू अब भरपर्दो नरहेको दाबी गर्छन्। युन समर्थकहरूले “स्टप द स्टिल” लेखिएका प्लेकार्डहरू बोकेका देखिन्छन्, जुन २०२० को अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको हारलाई धाँधलीको नतिजा भन्न प्रयोग गरिएको नाराबाट प्रेरित रहेको द टाइम्सले लेखेको छ ।
५२ वर्षीया शिन युन–जुले आफूले चुनावी धाँधलीको सिद्धान्तमा विश्वास गर्ने बताउँदै यसको स्रोत “युट्युब” भएको बताइन्।

प्रहरी, अभियोजकहरू, र निर्वाचन अधिकारीहरूले यस आरोपलाई आधारहीन भन्दै खारेज गरेका छन्। तर जब युनले मार्शल लअ घोषणा गरे, उनले सैन्य अधिकारीहरूलाई राष्ट्रिय निर्वाचन आयोगमा पठाएर धाँधलीको आरोपको अनुसन्धान गर्न भनेका थिए । अभियोजकहरूका अनुसार, सैन्य अधिकारीहरूले आयोगका कम्प्युटर सर्भर कब्जा गर्ने र वरिष्ठ निर्वाचन पर्यवेक्षकहरूलाई नियन्त्रणमा लिएर अन्धकार कक्षमा लगेर सोधपुछ गर्ने योजना बनाएका थिए। तर मार्शल लअ समाप्त भएपछि कुनै कम्प्युटर कब्जा गरिएन, न त कसैलाई नियन्त्रणमा लिइयो।

युन र उनका वकिलहरूले विशिष्ट आरोपहरूमाथि कुनै टिप्पणी गरेका छैनन्। उनले आफ्नो कार्यलाई राष्ट्रपतिको अधिकारको वैध प्रयोग भनेर व्याख्या गरेका छन्।
:यो समाचरा फिचर द न्यूयोर्क टाइम्स र अन्य मिडियाहरुका आधारमा तयार गरिउको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com