ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जित्यो


ABC News

काठमाडौं ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।May be an image of 10 people and text

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो।

योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ। ५ विकेट बाँकी छंदै १९.२ ओभरमा जनकपुरले चेस गर्न सफल भएको हो ।May be an image of 5 people and text

यसअघि दुई चोटी जनकपुरलाई हराएको सुदूरपश्चिम फाइनलमा भने ५ विकेटले पराजित हुनपुग्यो ।

१ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि लाहिरु मिलन्था नायक बने । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए । प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो ।May be an image of 3 people

जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।

फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको थियो ।
सैफ अली जैबले ६९ रन बनाएपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको हो ।

ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाएका थिए । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे ।

जैब र विनोदले पहिदलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेका थिए ।

ओपनरले राम्रो सुरुवात दिलाएपनि मिडल अर्डर र लोअर अर्डरले राम्रो कन्ट्रिब्युट गर्न सकेनन् । बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए ।

सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो ।

जनकपुरका ललित राजवंशीले ४ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट लिए । उनले किफायती बलिङ गरेका हुन् ।

जारी एनपीएलमा ललितले सर्वाधिक ५ मेडन फालेका छन् ।

टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com