मोल्दोभाका पूर्व विदेशमन्त्रीले छिटो सदस्यता प्रक्रियाका उपाय र लाभहरूबारे चर्चा गरेका छन्
दोस्रो विश्वयुद्धपछि युरोपेली भूमिमा भएको सबैभन्दा ठूलो द्वन्द्व क्रमशः ईयू र नेटोको सीमामा नजिकिँदै छ। ईयू सदस्य राष्ट्रहरूमाथिको हाइब्रिड आक्रमणहरूले युरोपेली संघ र सदस्यताका लागि लाइनमा रहेका देशहरूलाई कमजोर बनाइरहेको छ। यस्ता आक्रमणहरूमा गलत सूचना (डिसइन्फर्मेसन) त केवल एक सानो अंश मात्र हो।
अमेरिका, दोस्रो ट्रम्प प्रशासन अन्तर्गत, युरोपका रणनीतिक गल्तीहरूलाई नरम बनाउने कुनै सहज सुरक्षा जोगाउने सम्भावना कम देखिन्छ। यी र अन्य धेरै कारणहरूका लागि, ईयूले आफ्नो विस्तार नीतिको सुस्त र ढिलो प्रक्रियालाई परिवर्तन गर्नुपर्छ, जसले एकदमै कठोर र प्रतिस्पर्धी विश्वसँग मेल खान सकोस् ।
सुरक्षा संकटको तीव्रताः युरोपेली सीमामा बढ्दो द्वन्द्वले छिटो निर्णय र कार्यान्वयनको माग गरिरहेको छ।
हाइब्रिड युद्धको चुनौतीः गलत सूचना, साइबर हमलाहरू, र आर्थिक दबाब जस्ता हाइब्रिड आक्रमणहरूले ईयू र आकांक्षी राष्ट्रहरूको स्थिरतालाई कमजोर बनाइरहेका छन्।
अमेरिकी भूमिकाः दोस्रो ट्रम्प प्रशासनको सम्भावित नीतिले युरोपका लागि आत्मनिर्भर सुरक्षा नीति र विस्तारको आवश्यकतालाई थप बल पु¥याउँछ।
समाधान र लाभः
द्रुत सदस्यता प्रक्रियाः मोल्दोभा, युक्रेन, र बाल्कन राष्ट्रहरूको ईयूमा तीव्र प्रवेशले क्षेत्रीय स्थिरता र सुरक्षा बलियो बनाउन सक्छ।
रणनीतिक लचकताः छरितो विस्तारले ईयूलाई सुरक्षा, ऊर्जा, र आर्थिक क्षेत्रमा बढी लचिलो र प्रतिस्पर्धी बनाउँछ।
विश्वसनीयता कायम राख्नः ईयूको छरितो र दृढ नीतिले सदस्यता चाहने राष्ट्रहरूको विश्वास बढाउँछ र युरोपेली एकता बलियो बनाउँछ।
युरोपले आफ्नो विस्तार रणनीतिमा साहसी कदम चाले मात्र यसले आगामी चुनौतीहरूको सामना गर्न सक्षम हुनेछयो कुनै नयाँ दृष्टिकोण होइन, बरु पुरानै स्वरूपमा फर्किनुपर्ने कुरा हो। शीतयुद्धको समयमा, साझेदार राष्ट्रहरूले इटाली, जर्मनी, र स्पेनजस्ता देशहरूमा प्रजातन्त्रलाई सुदृढ गर्न कडा संघर्ष गर्नुप¥यो, साना–साना प्राविधिक मापदण्ड पूरा हुन पर्खेर बस्नुभन्दा।
र सम्झनुहोस्, युरोपेली शान्ति सुरुमा स्थिर प्रजातन्त्र, सम्पन्न अर्थतन्त्र र शान्तिपूर्ण छिमेकीहरूबाट बनेको थिएन; यो अझै डगमगाएको जगमा उभिएको थियो। जब सन् १९५२ मा युरोपेली कोइला र स्टिल समुदाय — आजको ईयूको प्रारम्भिक रुप — स्थापना गरियो, त्यसका संस्थापक सदस्यहरू जर्मनी र इटाली फासीवादी तानाशाहीबाट मात्र सात वर्ष अघि थिए। पश्चिम जर्मनीको सोभियत–नियन्त्रित क्षेत्रसँग द्वन्द्व जारी थियो, त्यो छिटै नै पूर्वी जर्मनी बन्ने थियो। तीन दशकपछि, जब स्पेन, पोर्चुगल, र ग्रीस युरोपेली समुदायमा सामेल भए, ती देशहरूको तानाशाही झन्डै एक दशकअघि मात्र समाप्त भएको थियो, र तिनीहरूका समाजहरू अझै विभाजित र ध्रुवीकृत थिए। यद्यपि, ईयूले ती देशहरूलाई समावेश गर्ने साहसी निर्णय ग¥यो, जसले शान्तिलाई अझ बलियो बनायो।
आजको ईयू सदस्यता प्रक्रिया निकै सुस्त भएको छ। विगत ३० वर्षका ईयू विस्तारहरू शान्तिपूर्ण समयमा भएका थिए। युरोपेली कानूनको सम्पूर्ण अनुपालन लागू गर्नुपथ्र्याे, तर देशहरूले आफ्ना प्रजातान्त्रिक संस्थाहरूलाई परिष्कृत गर्न वर्षौँ वा दशकसम्म समय पाएका थिए। निश्चय नै, अहिलेको ईयू झन् जटिल छ, तर यसले युरोपेली एकता शान्ति र सुरक्षाका लागि बनाइएको थियो भन्ने कुरालाई बिर्सने कारण दिनुहुँदैन। ब्अत्रगष्क (युरोपेली कानूनको संकलन) आफ्नो आफैमा कुनै लक्ष्य होइन, यो शान्तिपूर्ण र एकीकृत युरोप निर्माण गर्ने माध्यम मात्र हो।
हाल सदस्यताका लागि लाइनमा रहेका केही उम्मेदवार देशहरू चुनौतीपूर्ण अवस्थामा छन्, तीव्र प्रवेशका लागि आदर्श मान्न गाह्रो छ । केही बाल्कन देशहरूमा सुधार प्रक्रिया दुई दशकदेखि जोडिने तहको अवस्थामा छ। युक्रेन युद्धमा छ। जर्जिया ईयूबाट आश्चर्यजनक रूपमा टाढा हुँदैछ। तर छिटो र सरल सदस्यताका केही आशालाग्दा उदाहरणहरू पनि छन्, जसले संघ र महादेशलाई बलियो बनाउँछन् — तीमध्ये केही बाल्कन देशहरू र मोल्दोभा पनि छन्।
मोल्दोभा रुसको निरन्तर हाइब्रिड आक्रमणबाट गहिरोसँग हल्लिएको छ। हालैका चुनावहरूले १,३०,००० मोल्दोभालीहरूलाई संलग्न गरेको मत–खरिद नेटवर्कको खुलासा गरेको छ । जुन साधारण मतदाताको झन्डै दश प्रतिशत हिस्सा हो । यिनीहरूलाई रुसबाट सञ्चालित र समर्थित ठूला उद्योगपतिहरूले मासिक रकम भरेका बैंक कार्ड उपलब्ध गराएका थिए । यस अभियानको लक्ष्य संविधानमा ईयू सदस्यता स्वीकार गरिने जनमत संग्रहलाई प्रभावित पार्नु र वर्तमान राष्ट्रपति माय सान्दुलाई सत्ताबाट हटाउनु थियो, किनभने रुसलाई युक्रेनको पश्चिममा एक लचिलो सरकार चाहिन्छ । यसपटक, यो असफल भयोः जनमत संग्रह पारित भयो, र सान्दुले चुनाव जितिन्। तर यो एउटा पाठ हो — यस्ता शक्तिहरूले देशहरूलाई प्रभावित गर्न सक्छन्, चाहे ती ईयू सदस्यताका आकांक्षी हुन्, जस्तै मोल्दोभा, वा ईयू भित्रका देशहरू, जस्तै रोमानिया ।
मैले तीनवटा सुधार देख्छु जसले उम्मेदवार देशहरूको आवश्यकता र ईयूका मूल्य र कानूनलाई सन्तुलित गर्छ।
पहिलो, युरोपले उम्मेदवार राष्ट्रहरूको पूर्वाधार र बैंकिंगको मात्र होइन, सुरक्षा, खुफिया र रक्षा क्षमताको पनि समायोजनमा बढी ध्यान दिनु आवश्यक छ — विशेष गरी ती राष्ट्रहरूको जो नेटोमा छैनन् वा सामेल हुने प्रक्रियामा छैनन् । सदस्यता प्राप्त राष्ट्रहरूलाई आधुनिक र ईयूका अन्य सदस्य राष्ट्रहरूसँग नजिकको समन्वयमा रहेका पुलिस, सेना, साइबर सुरक्षा एजेन्सीहरू र खुफिया सेवाहरूको आवश्यकता छ।
दोस्रो, संघले प्रजातन्त्रको रक्षा र सुदृढीकरणको अर्थलाई पुनः सोच्नुपर्छ। हालको प्रजातन्त्र समर्थन संरचना प्रायः काउन्सिल अफ युरोपको भेनिस कमिसनको मापदण्डहरूमा केन्द्रित छ। यी मापदण्डहरूले घरेलु तानाशाहीबाट राष्ट्रहरूको रक्षा गर्नका लागि डिजाइन गरिएका छन्, तर मोल्दोभामा देखिएका बाह्य हाइब्रिड आक्रमण वा ठूलो स्तरको मत–खरिदसँग जुझ्नका लागि मद्दत गर्दैन। यी मापदण्डहरूले अहिले ठूलो मात्रामा विदेशी हस्तक्षेप र अझ सक्रिय सूचना अभियानहरूको बिरूद्धमा प्रतिकार गर्नुपर्ने आवश्यकतालाई पनि प्रतिबिम्बित गर्नुपर्छ।
जर्जिया यसको एक उदाहरण हो। युरोपियन युनियनविरुद्धको गलत सूचना अभियान दशकभन्दा बढी समयदेखि जारी छ — यसलाई रूसले सुरु गरेको हो, तर क्रमशः स्थानीय सरकार र चर्चका केहि अंशहरूले बल गर्न थालेका छन्। यसले विरोधी दल, नागरिक समाज र युरोपेली मूल्यहरूको विरूद्ध चलिरहेको तानाशाही दमनको लागि मलिलो जमिन तयार पारेको छ। काउन्सिल अफ युरोपको निर्वाचन पर्यवेक्षण मिशनले यसले “नागरिक समाज समूहहरू, स्वतन्त्र मिडिया र असहमत आवाजहरूको कलंकितीकरण… चुनावको दिन मतदान केन्द्रहरूभित्र र बाहिर डराउने धम्की” र “मतदाता डराउने, दबाब दिने र अनावश्यक दबावलाई विशेष गरी सार्वजनिक क्षेत्रका कर्मचारी र आर्थिक रूपमा कमजोर व्यक्तिहरू बीच देखिएको” भन्ने रिपोर्टहरू दिएका छन्। यस्ता कदहरूले जर्जियामा प्रजातन्त्रको समर्थनमा नयाँ चुनावको माग गर्दै ईयूलाई अझ बलियो बनाउनको लागि पर्याप्त कारण हुनु पर्छ ।
तेस्रो, संघले “प्रशासनिक सायरनहरू“ आवश्यक छ — आपतकालीन सेवाका गाडीहरूको साइरनसँग समान — जसले ईयूलाई उम्मेदवार देशहरूसँग पूर्वाधार र रक्षा निकटतालाई छिटो बलियो बनाउन, वा साइबर हमलाको बिरूद्धमा सुरक्षा प्रदान गर्ने जस्तै तत्काल आवश्यकतामा आफ्नो शक्तिलाई छिटो कार्यान्वयन गर्न अनुमति दिन्छ। १९५० मा अमेरिकाको समान नामको विधेयकबाट प्रेरित एक सम्भावित ईयू रक्षा उत्पादन ऐन, जसले रक्षा निर्माणको तीव्र विस्तारलाई अनुमति दिएको थियो, एउटा राम्रो सुरुवात हुन सक्छ। यस्ता उपायहरूले विद्यमान युरोपेली कानूनको कार्यान्वयनलाई प्रतिस्थापन नगरी समर्थन गर्ने तरिका बनाउँछन्। यसले ईयूलाई सुरक्षा संकटहरूमा प्रतिक्रिया जनाउनका लागि वर्तमान शान्तिपूर्ण कानूनको संरचनाले अनुमति दिएको भन्दा धेरै तरिका दिन्छ ।
अघिल्लो तीन दशकको गतिमा अघि बढ्नुले युरोपलाई अझ सुरक्षित, समृद्ध र आफ्नो भविष्य निर्धारण गर्न सक्षम बनाउने छैन । अब साइरन बजाउने समय आएको छ र ट्यांक र हाइब्रिड युद्धहरूको आक्रमणको बीचमा, ईयूको विस्तारित शान्तिपूर्ण युरोपलाई उद्धार गर्न दौडिनु पर्दछ।
डिसेम्बर १८, २०२४,द इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्