ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदबाटै सबै समस्या समाधान गर्न प्रयास गरिन्छः सभामुख महरा


admin
फाल्गुन २७, २०७४ आईतबार  ३ : १२ बजे

काठमाडौँ, २७ फागुन । सभामुख कृष्णबहादुर महराले संसद्मार्फत सबै समस्या समाधान गर्न सफल भए देशलाई आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका नेता एवं सांसदबाट आफूलाई प्राप्त शुभकामनाको प्रत्युत्तरका क्रममा सभामुख महराले प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित गर्न सहयोग पु-याउने सबैलाई धन्यवाद दिँदै संसद्लाई नै जनताको सर्वोच्च थलो बनाउन हरसम्भव प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफूलाई सभामुखमा निर्वाचित गर्न सहयोग पु-याउने प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत प्रतिनिधिसभाका सबै सदस्यलाई धन्यवाद दिनुभयो । उहाँले विभिन्न राजनीतिक आन्दोलनमा शहादत प्राप्त गर्ने, घाइते, अपांगता भएका व्यक्ति तथा बेपत्ता नागरिकको पनि स्मरण गर्नुभयो ।

त्यसअघि सभामुख महरालाई सफल कार्यकालको शुभकामना दिँदै नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधान कार्यान्वयनमा नयाँ कानून चाहिने भएकाले त्यसमा सभामुख महराले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “ संसद्मा विभिन्न विचारधाराका दल रहेकाले सबसँग अन्तक्र्रिया गरी अगुवाइ गर्ने जिम्मेवारी सभामुखको काँधमा आएको छ ।”

बैठकमा नेपाली काँगेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा द्वन्द्वको अन्त्य भई समृद्धिको यात्रा शुरु भएकाले प्रतिपक्षका तर्फबाट सकारात्मक भूमिमा निर्वाह गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महरा राजनीतिक रुपमा परिपक्वसमेत हुनुभएकाले उहाँले सबैलाई समेटेर लैजान सफल हुने अपेक्षा गर्दछु ।”

नेकपा (माओवादी केन्द्र)का वर्षमान पुनले तीन वटै तहले विधायिकी अधिकार प्रयोग गरेपछि नयाँ अवसरसँगै चुुनौती पनि सिर्जना भएकाले नवनिर्वाचित सभामुखले कुशलतापूर्वक भूमिका निर्वाह गरी सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राजपा नेपालका शरत्सिंह भण्डारीले सबै नेपाली जनताको साझा थलोका रुपमा प्रतिनिधिसभालाई स्थापित गर्न नवनिर्वाचित सभामुखले महत्वपूर्ण कार्यभार पूरा गर्ने विश्वास व्यक्त गर्दै संविधान कार्यान्वयनका विषयमा विभिन्न समुदायले उठाएका विषयवस्तुलाई संसद्मार्फत पूरा गर्न सभामुखलाई सुझाव दिनुभयो ।

संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले संविधान निर्माणका क्रममा व्यक्त भएको असन्तुष्टि हालसम्म कायम रहेकाले त्यसलाई उचित रुपमा निरुपण गर्नुपर्ने बताउँदै राष्ट्रिय एकताको मुख्य आधार नै विविधतायुक्त संघीयता हो भन्नुभयो ।

राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले सरकारलाई संसद्प्रति जिम्मेवार बनाउन सभामुखको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने कार्यसूची संघीय संसद् सचिवालयले तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com