ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रानीपोखरी भूकम्पअघि जस्तै बनाइने


admin

काठमाडौँ, २५ फागुन । पुरातत्व विभागले रानीपोखरी भूकम्पअघिको जस्तै संरचनामा निर्माण गर्ने भएको छ ।

पुनःनिर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेश गर्दै पोखरीभित्रको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सल्लाह दिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको रानीपोखरी भूकम्पले भत्कनुअघि जस्तै गरी निर्माण गरिने विभागका प्रवक्ता रामबहादुर कँुवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालगोपालेश्र मन्दिर र समग्र रानीपोखरी नै भूकम्प पहिले जस्तै थियो सोहीअनुरुप निर्माण गरिन्छ, न त काठमाडौँ महानगरपलिकाले भने जस्तो हुन्छ ।”

अबको चार महिनामा बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम सम्पन्न हुने बताइएको छ । शुरुमा रानीपोखरीसँगै मन्दिर महानगरपालिकाले बनाउने जिम्मा पाएको थियो तर कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि मन्दिर विभाग आफैँले बनाउँदैछ । मन्दिर भूकम्पअघिको जस्तै ‘गुम्बज शैली’ मा निर्माण भइरहेको छ ।

कामपाले भने पोखरी निर्माण गर्ने जिम्मा आफ्नो भए पनि विभागले अहिलेसम्म डिजाइन नदिएकाले काम अघि बढ्न नसकेको गुनासो गरेको छ । विज्ञ समूहको सुझावअनुसार पोखरी निर्माण गर्न भन्दै कामपाले विभागसँग डिजाइन मागेको छ ।

कामपाले बालगोपालेश्वर विभागले निर्माण गरे पनि पोखरीको बाहिरी भाग साजसज्जासहित आकर्षक तरिकाले आफूले निर्माण गर्ने जनाउँदै आएको छ । विभागले पोखरी निर्माणको जिम्मा कामपाकै भए पनि डिजाइनका बारेमा तीव्र छलफल भइरहेको बताएको छ । डिजाइन भूकम्पअघि जस्तै हुने पनि विभागले स्पष्ट पारेको छ ।

विभागले विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न नसकिने बताएको छ । बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पुरातात्विक मर्मविपरीत भइरहेको भन्दै चौतर्फी विरोध भएपछि भूकम्पअघि जस्तै निर्माण गर्ने तयारी भएको हो । रानीपोखरी पुनःनिर्माणमा कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि काठमाडौँ महानगरपालिकाले विज्ञ समूह बनाएको थियो । समूहले मन्दिर समग्र पोखरी नै मल्लकालीन शैलीमा निर्माण गर्न सिफारिश गरेको थियो ।

विभागकै पूर्वमहानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूहले मन्दिरलाई ग्रन्थकूट शैलीमा निर्माण गर्न सिफारिश गरेको थियो । मन्दिर पुनःनिर्माणका लागि विभागले रु एक करोड ५० लाखमा ठेक्का लगाएर काम गरिरहेको छ ।

करीव चार सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ । पोखरीमा स्वदेश र विदेशका विभिन्न नदी, ताल र कुण्डबाट ल्याइएको पानी राखिएको थियो ।

पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरुसहितको हात्तीको सेतो मूर्ति छ । पोखरीको चार कुनामा सोह्रहाते गणेश, सरस्वती, महालक्ष्मी र भैरव गरी चार मन्दिर छन् ऐतिहासिक महत्वको ‘विष्णुतीर्थ’को पुनःनिर्माण अब छिट्टै हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com