ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशलाई भ्रष्टाचारको दलदलमा फसाएर अस्तित्व मेट्ने प्रयास भइरहेको छ : माओवादी


एबीसी न्यूज
कार्तिक १०, २०८१ शनिबार  २ : १५ बजे

 

काठमाडौं १० कात्तिक । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पछिल्लो समय देशलाई भ्रष्टाचारको दलदलमा फसाएर देशको अस्तित्व मेट्न लागिरहेको दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष सापकोटाले देशमा विचार निर्माण र जनताको दुःखबाट बचाउनका लागि माओवादी केन्द्र सधैँ तत्पर रहेको जिकिर गरे।

‘भ्रष्टाचार भनेको कुनै पैसाको कुरा होइन। भ्रष्टाचार भनेको राष्ट्रिय सुरक्षा हो, राष्ट्रियता हो। भ्रष्टाचारले आक्रान्त हुँदै राष्ट्रलाई कमजोर पार्दै अहिले हाम्रो महान गौरवशाली मातृभूमि नेपाललाई भ्रष्टाचारको दलदलमा फसाएर देशको अस्तित्व मेट्न लागिरहेका छन्,’ सापकोटाले भनेका छन्।

साथै, उनले माओवादीले अहिले विचार निर्माण, रुपान्तरण र शुद्धिकरणको अभियानमा काम गरिरहेको बताए।

‘पार्टीलाई एकतावद्ध गर्दै तीन करोड नेपाली जनतालाई विश्वासमा लिँदै अघि बढ्ने हो भने नेपाली जनताको समाजवाद स्थापना गर्ने कुरा स्थापित भइछाड्ने छ,’ उनले भने, ‘यो सभा हाम्रो पार्टीका लागि रुपान्तरण, यो शुद्धिकरण हो। आन्दोलनको पनि शुद्धिकरण हो। हामी एक एक गरी व्यवहारबाट यो सावित गर्नेछौँ।’

उनले आवश्यक परेको खण्डमा माओवादीले सधैँ विपद्को भूमरीबाट देशलाई बचाउन लागिपरेको पनि बताए।

‘त्यसकारण अब विकल्प छैन। यो देशमा विचारको निर्माण र आवश्यक पर्दा देशका जनतालाई विपद्को भूमरीबाट बचाउनका लागि हामी माओवादीहरू तयार छौँ। त्यसका लागि हामीले अहिले महाअभियान सुरु गरेका छौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com