ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँमा बीउ बैंक स्थापना


admin
फाल्गुन १८, २०७४ शुक्रबार  ३ : ५८ बजे

तेह्रथुम, १८ फागुन । गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन् ।

गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूहमार्फत बीउ बैंक स्थापना गरेका हुन् ।

प्रविधिको प्रयोग बढ्दै जाँदा रैथाने जातका बीउबिजन लोप हुन थालेको तथा आधुनिक उन्नत जातको बीउमा किसानको पहुँच नपुगेको भन्दै जिल्लाका गाउँ गाउँमा खुलेका सहकारीले बीउ संरक्षण गर्ने अभियान थालेका छन् । स्थानीय अधिकार कार्यक्रमअन्तर्गत देउराली सोसाइटी र दलित सचेतना समाज नेपालको सहयोगमा गाउँमा खुलेका सहकारीले बीउ बैंक स्थापना गरेका छन् ।

फेदाप गाउँपालिका–२, ओयाक्जुङमा रहेको जनकल्याण सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्थाले सामुदायिक बीउ बैंक स्थापना गरेको छ । विसं २०६० मा गाउँका किसानलाई संगठित गर्दै ‘हामी स्वयं हाम्रो भाग्य निर्माता’ नारासहित काम गर्दै आएको सहकारीले बीउ बैंक स्थापना गरी किसानलाई सेवा उपलब्ध गराएको छ ।

बीउ बैंक स्थापना भएपछि सहकारीमा आबद्ध किसानलाई सहज भएको अध्यक्ष फिरोज सुब्बाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा उन्नत जातका बीउ पाइँदैन, बजारमा किनेर ल्याएको बीउ पनि राम्रो हँुदैन, त्यसैले प्राविधिकको सल्लाह बमोजिम अन्यत्र ठाउँबाट उन्नत जातको हावापानी र माटो सुहाउँदो बीउ खरिद गरी बैंकमार्फत किसानलाई उपलब्ध गराइएको छ ।” बीउ बैंकमा २५ वटाभन्दा बढी बीउ उपलब्ध छन् ।

मौसम अनुकूल हुने बीउ खरिद गरी किसानलाई सेवा दिन सहकारीले रु ५६ हजारको बीउ पूँजी कोष खडा गरेको छ । सो सहकारीमा ओयाक्जुङ गाउँका ३० वटा बचत समूह आबद्ध छन् । तीमध्ये पनि धेरैवटा महिला समूह छन् । महिला किसानलाई बीउ बैंकमा जम्मा भएको बीउ अझै विशेष छुटका साथ उपलब्ध गराइने गरेको व्यवस्थापक यामप्रसाद ढकालले बताउनुभयो ।

“आफैले उत्पादन गरेको बीउ बेच्नलाई टाढा जानुपर्दैनँ, किसानलाई चाहिएको बीउ हामी यहीँबाट उपलब्ध गराउछौँ”, उहाँले भन्नुभयो । सहकारीले किसानले माग गरे बमोजिमका बीउ उस्तै–उस्तै हावापानी भएको क्षेत्रबाट खरिद गरी उपलब्ध गराउने गरेको छ । यसरी बीउ बैंकबाट खरिद गरी रोप्दा नउम्रिने, ढुसी परेको बीउ किन्नुपर्नेजस्ता समस्या नहुने ओयाक्जुङकी देवीमाया ढकालले बताउनुभयो ।

दुई वर्षअघि सहकारीले स्थापना गरेको बीउ अहिले ओयाक्जुङका किसानले खरिद गरेर उत्पादन लिन थालिसकेका छन् । “लोपोन्मुख जातका बीउ पनि छन्, रैथाने र उन्नत जातका बीउ उपलब्ध गराउने लक्ष्य छ”, सहकारीका उपाध्यक्ष गणेश ढुंगेलले भन्नुभयो ।

सहकारीले यस वर्ष गाउँका किसानलाई बीउ बैंकबाट जुनेलो, गहत, बेसार, केराउ, बेलचन, पुरानो धान, अदुवा, लसुनलगायत २५ भन्दा बढी प्रजातिका रैथाने तथा उन्नत जातका बीउ सस्तो मूल्यमा उपलब्ध गराएको छ ।

यस्तै, पौठाकको पौठाक बचत तथा ऋण सहकारी संस्थाले पनि बीउ बैंक स्थापना गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्य किसानको उत्पादकत्व वृद्धि गराउन सहयोग गर्ने ध्येयले सहकारीले बीउ बैंक स्थापना गरेको अध्यक्ष तीर्थप्रसाद ढकालले बताउनुभयो ।

छथर गाउँपालिकाको ओख्रेस्थित कल्याणकारी महिला कृषक सहकारी संस्थाले पनि बीउ बैंक स्थापना गरी उन्नत जातका बीउ किसानलाई उपलब्ध गराएको छ । जिल्लाका अन्य सहकारीले पनि बीउ बैंक स्थापना गरी रैथाने र उन्नत जातका बीउमा किसानको पहुँच अभिवृद्धि गरी उत्पादकत्व वृद्धि गर्ने अभियान चलाइरहेका देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर लिम्बूले बताउनुभयो ।

सहकारीले बनाएका ती बीउ बैंकमा स्थानीय रैथाने तथा उन्नत जातका धनियाँ, फिलुङ्गे, रायोको साग, तोरी, बकुल्ला, सिलाम, सिमी, कोदो, मकै, धान, फर्सी, दाल, मास, थाङ्ग्रे सिमी, लसुन, प्याज, काउली, आलु, बेसार, फापर, काँक्रो, करेला, गोलभेँडा, टमाटरलगायत तरकारी, मसला र खाद्यान्न बालीको बीउ ल्याएर राख्ने गरिएको छ । त्यस्ता बीउ मौसममा किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने गरिएको हो ।

सहकारीमा आबद्ध नभएका गाउँका अन्य किसानले समेत आफूले बीउ लैजाने गरेका छन् भने उनीहरुले उत्पादन गरेको खाद्यान्न, तरकारी र मसला बालीको बीउसमेत बैंकमा ल्याएर बिक्री गर्ने गरेका छन् । जसले गर्दा गाउँमा बीउ भण्डारण भएको छ । कुनै पनि जातिको बालीनाली तत्कालै लोप भएर जाने अवस्था छैन । किसानले जुन खेतीबाट बढी उत्पादन हुन्छ भन्ने बुझेर जुनसुकै बाली पनि लगाउन सक्छन् । बीउ प्राप्त गर्न कुनै समस्या छैन ।

गाउँका सहकारीले थालेको रैथाने बीउ जोगाउने अभियान जिल्लाकै उदाहरणीय काम भएकाले गाउँपालिकाले समेत सहयोग गरेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । गाउँपालिकाले नीतिगत निर्णय गरेर अन्य सहकारीमार्फत समेत बीउ बैंक स्थापना गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

बीउ बैंक स्थापना गर्दा खडेरी, आगलागी, महामारी, भोकमरी, प्राकृतिक प्रकोपलगायत आपत्विपत्मा धेरै सजिलो हुने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्यको भनाइ छ । अन्य गाउँमा समेत यस्ता प्रकोप भएर बीउ अभाव हुँदा त्यहाँबाट बीउ खरिद गरेर ल्याउन सजिलो हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com