ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इतिहास १० दिनपछि आर्टेमिस-२ को टोली सुरक्षित रूपमा पृथ्वी फर्कियो


एबीसी न्यूज
चैत्र २८, २०८२ शनिबार  ७ : ४९ बजे

काठमाडौँ — अमेरिकी अन्तरिक्ष यान आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरू सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्।

आफ्नो १०-दिने मिसन सफलतापूर्वक पूरा गर्दै आर्टेमिस–२ को टोली शनिबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगो नजिकको प्रशान्त महासागरमा अवतरण गरेको हो।

टोलीले वायुमण्डलमा पुनः प्रवेश गर्नुअघि ६ मिनेटको सञ्चार अवरोध खेपेको थियो। अवतरणपछि उक्त मिसनका कमान्डर रीड वाइजम्यानले आफ्नो टोली स्वस्थ रहेको बताए।

यात्राका क्रममा आर्टेमिस–२ टोलीले चन्द्रमाको अर्को पाटोलाई करिब ६ हजार किलोमिटर नजिकबाट प्रत्यक्ष अवलोकन गरेको थियो।

बिहीबार अमेरिकी वैज्ञानिक अनुसन्धान संस्था नासाको ‘आर्टेमिस दोस्रो मिसन’ अन्तर्गत फ्लोरिडाबाट चार जना अन्तरिक्ष यात्री अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए। ५४ वर्षपछि मानिसहरू चन्द्रमाको वरिपरि पुगेका हुन्।

यस पटक उनीहरूले मानव जाति पृथ्वीबाट सबैभन्दा टाढा पुगेको नयाँ कीर्तिमान पनि कायम गरे। चन्द्रमाको अँध्यारो र अत्यधिक चिसो दक्षिणी ध्रुवीय क्षेत्र ९फार साइड अफ द मुन० मा पुग्दा आर्टेमिस–२ चन्द्र अभियानको पृथ्वीसँग पूर्ण रूपमा सम्पर्क टुटेको थियो।

यस अभियानको प्रत्यक्ष प्रसारण झन्डै १।२ अर्ब व्यक्तिले हेरेको प्रारम्भिक अनुमान गरिएको छ। तथापि, नासाकै विभिन्न प्लेटफर्म र अन्य माध्यमबाट पनि प्रसारण भएकाले तथ्यांक अझै एकीकृत भइसकेको छैन।

नासाको वेबसाइटका साथै युट्युब, फेसबुक, एक्स, नेटफ्लिक्स र डिज्नी जस्ता प्लेटफर्मबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो। झन्डै ४ लाख किलोमिटर टाढाबाट गरिएको यो लाइभ प्रसारण फोर–के गुणस्तरमा उपलब्ध थियो।

आर्टेमिस–२ चन्द्र सतह नजिक पुगेको र अपोलो–१३ ले राखेको कीर्तिमानी दूरी पार गरेको क्षणलाई नासाको एक्समा मात्रै झन्डै १ करोड दर्शकले प्रत्यक्ष हेरेका थिए।

यसअघि अपोलो–११ मार्फत नील आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमामा पहिलो पटक पाइला टेक्दा झन्डै ६५ करोड व्यक्तिले प्रत्यक्ष हेरेको अनुमान गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

कहिलेदेखि वाशिङ्टन पाकिस्तान आउन थाल्यो ? के के गर्यो ? (संक्षेपमा)

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

विश्वले नियालिरहेको वार्ता: इस्लामाबादमा कस्तो छ तयारी

इरानसँगको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउने

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

मध्य पूर्वको द्वन्द्वका कारण तान्जानियामा इन्धनको मूल्य वृद्धिले जनता मर्कामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com