काठमाडौं, चैत्र २६ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानमा इरानसँग हुने प्रत्यक्ष शान्ति वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व गर्ने ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बुधवार जानकारी दिनुभएको छ । यो वार्ता शनिवार बिहानदेखि शुरु हुने अपेक्षा गरिएको छ । ह्वाइट हाउसको प्रेस ब्रिफिङमा लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र उहाँका ज्वाइँ जेरेड कुश्नर पनि वार्तामा सहभागी हुनु हुनेछ । यसअघि पाकिस्तानले इस्लामाबादमा अमेरिकी र इरानी वार्ताकारहरू बीच शुक्रवार नै वार्ता आयोजना गर्ने प्रश्ताव गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्