ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वले नियालिरहेको वार्ता: इस्लामाबादमा कस्तो छ तयारी


एबीसी न्यूज
चैत्र २७, २०८२ शुक्रबार  ८ : ४१ बजे

काठमाडौं, २७ चैत्र । पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामाबादले शनिबार अमेरिका-इरानबीच वार्ताको आयोजना गर्दैछ । यो वार्ता अमेरिका-इजरायलले इरानमाथि गरेको आक्रमणको करिब ६ हप्तापछि हुन लागेको हो ।

इस्लामाबादमा यतिखेर अमेरिकी र इरानी प्रतिनिधिमण्डलको भ्रमणअघि सुरक्षा कडा पारिएको छ । फुटपाथहरूमा रंग लगाइँदैछ, सुरक्षा उपस्थिति बलियो बनाइँदैछ । अलजजिराले विश्वले हेर्ने बैठकहरू आयोजना गर्ने तयारी भइरहँदा पाकिस्तानको राजधानीमा अपेक्षा र चिन्ताको वातावरण छाएको उल्लेख गरेको छ ।

शान्ति वार्ता स्थल सेरेना होटल अगाडि अमेरिकी र इरानी प्रतिनिधिमण्डलको भ्रमणअघि एक मजदुर सडकमा रङ्ग लगाउँदै ।
पाकिस्तानको मध्यस्थतामा वासिङटन र तेहरान दुवैले २ साताको युद्धविराम सहमति गरिसकेका छन् । पाकिस्तानको इस्लामाबादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलको भ्रमण अघि एक मजदुर फुटपाथ रंगाउँदै

वार्ता कहिले र कहाँ हुनेछ ?
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले दुवै पक्षलाई वार्ताको औपचारिक आमन्त्रण गरिसकेको र सप्ताहन्तमा इस्लामाबादमा वार्ता सुरू हुने तय भएको बताएका छन् ।

ह्वाइट हाउसले औपचारिक वार्ता स्थानीय समय अनुसार शनिबार बिहान सुरू हुने पुष्टि गरेको छ ।

इस्लामाबादस्थित विदेश मन्त्रालय नजिकै रेडजोनमा रहेको सेरेना होटलमा वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो होटल बुधबार साँझदेखि आइतबारसम्म खाली गराइसकिएको छ ।

इस्लामाबादमा हिजो र आज पनि सार्वजनिक बिदा दिइएको छ । शहरभरि सुरक्षा कडासँगै वार्तास्थल आसपास ‘रेड जोन’ सिल गरिएको छ । इस्लामाबादमा प्रवेश गर्ने प्रमुख बिन्दुहरू पनि बन्द गरिएको छ ।

वार्तामा को को सहभागी हुनेछन् ?
ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष दूत स्टीव विटकफ र ज्वाइँ जारेड कुशनर पनि सामेल हुनेछन् ।

इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स का प्रतिनिधि सहभागी हुनेरनहुने बारे अहिले प्रष्ट भइसकेको छैन ।

पाकिस्तानका लागि इरानका राजदूत रेजा अमीरी मोघदमले एक्समा इरानी प्रतिनिधिमण्डल आज आइपुग्ने बताएका छन् ।

वार्ता कस्तो देखिनेछ ?
प्रधानमन्त्री शरीफले औपचारिक रूपमा वार्ताको आयोजना गर्ने र शुक्रबार वा शनिबार बिहान दुवै पक्षसँग छुट्टाछुट्टै प्रारम्भिक बैठकहरू गर्ने बताइएको छ ।

द्वन्द्वकालभरि शटल कूटनीतिमा संलग्न रहेका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शनिबार औपचारिक वार्तालाई सहजीकरण गर्ने छन् ।

शनिबार, अमेरिकी र इरानी टोलीहरू छुट्टाछुट्टै कोठामा बस्ने र पाकिस्तानी अधिकारीहरूले उनीहरूबीच सन्देशहरू आदानप्रदान गर्ने छन् ।

अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय मिडियाहरू ३ दर्जनभन्दा बढीले भिसाका लागि आवेदन दिएका छन् । जसमध्ये २० जना पत्रकारहरूलाई स्वीकृति दिइएको छ ।

इरानको शान्तिको लागि १० बुँदे प्रस्तावमा हर्मुज जलडमरूको इरानी निरीक्षण, मध्य पूर्वबाट अमेरिकी लडाकू सेना फिर्ता र सहयोगी सशस्त्र समूहहरू विरुद्ध सैन्य कारबाही रोक्न लगायतका मागहरू छन् ।

ट्रम्पले औपचारिक रूपमा यी सर्तहरू स्वीकारेका छैनन् । अमेरिकाले इरानको युरेनियम स्टक सुम्पनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

सम्बन्धित

एमालेको सचिवालय बैठक सर्यो, सोमबार अध्यक्ष ओलीकै निवासमा बस्ने

सीईओ पाण्डेलाई हाजिरी जमानीमा छाड्न सर्वोच्चको आदेश, भेटिएन थुनेर अनुसन्धान गर्नुपर्ने कारण

१ सय रूपैयाँभन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com