ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैथिली महिलाको अग्निपरीक्षा– मधुश्रावणी


admin
श्रावण १०, २०७४ मंगलबार   १२ : ४८   बजे

(वीरेन्द्र कर्ण)

वीरगञ्ज, १० साउन । प्रत्येक वर्ष साउन महिनाको श्रावण कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि श्रावण शुक्ल तृतीया(सम्म मनाइने मधुश्रावणी पर्व प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा पनि धुमधामका साथ मनाइँदैछ ।

मिथिलाञ्चल प्राचीनकालदेखि नै समृद्ध संस्कृतिका रुपमा विशिष्ट स्थान ओगटेको क्षेत्र हो । मिथिला जनकहरुबाट शासित क्षेत्र हो । करिब चार हजार वर्ष पुरानो मानिने हिन्दूहरुको बृहत् ग्रन्थ ‘महाभारत’मा समेत मिथिला संस्कृतिका बारेमा स्पष्ट रुपमा उल्लेख गरिएको पाइन्छ । अर्कातिर करिब अढाइ हजार वर्षपूर्वको ‘वाल्मीकि रामायण’मा पनि मिथिला संस्कृतिबारे उल्लेख गरिएको साहित्यकारहरु बताउँछन् ।

‘महाभारत’ र ‘वाल्मीकि रामायण’ले विशेष गरी राजा जनकको धार्मिक ऐतिहासिक तथा पवित्र नगरी मिथिलाञ्चल क्षेत्रलाई प्रतिनिधित्व गर्ने भएकाले यहाँका शहरदेखि गाउँसम्म फैलिएको मैथिली भाषाभाषीका परिवारमा धार्मिक तथा सामाजिक अनुष्ठानका रुपमा नवविवाहित महिलाले मधुश्रावणी पर्व मनाउने परम्परा रहिआएको छ ।

मिथिला संस्कृतिमा एउटा आफ्नै किसिमको विशिष्टता, आदर्श र वैभवता भएको हुनाले मैथिली नारीको जीवन पद्धतिसँग जोडिएको मधुश्रावणी पर्वलाई पनि महत्वपूर्ण पर्वका रुपमा मनाउने परम्परा छ । आर्य समाजको आगमनदेखि चलिआएको यस पर्वलाई आफ्नो धर्म, संस्कृति, परम्परा तथा सुखद् दाम्पत्य जीवनप्रति समर्पित हुन महत्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ ।

मिथिला समाजमा प्रचलित पर्व र व्रत केवल हास र उल्लासको पूर्णताका लागि मात्र नभएर मानिसको जीवन शक्ति र अस्तित्वसँग कुनै न कुनै रुपमा जोडिएको हुन्छ । प्रत्येक पर्वले आफ्नो सांस्कृतिक स्थितिलाई बलियो बनाउने तथा जीवनको पवित्रतामा हर्षोल्लास कायम गर्न सन्देश दिने गर्छ । जीवनमा विवाह एक पटक हुन्छ र पूरै वैवाहिक जीवनमा पहिलो वर्ष बेहुलीका लागि अग्नि परीक्षाका रुपमा लिइन्छ जसलाई अनिवार्य रुपमा भव्यतापूर्वक विधिवत् मनाउने गरिन्छ ।

यस पर्वले एकातिर मिथिला संस्कृतिलाई संरक्षण प्रदान गर्छ भने अर्कातिर दाम्पत्य जीवनको आधार शिलालाई बलियो बनाउने गर्छ । मिथिलाञ्चलको एक गौरवशाली संस्कृति तथा पर्वमध्ये मधुश्रावणी पर्वलाई एउटा बेग्लै दृष्टिकोणले हेर्ने गरिन्छ । पन्ध्र दिनसम्म मनाइने यस पर्वको प्रमुख विशेषता भनेको पतिपत्नी बीचमा हुने रागअनुराग, प्रेमप्रणय तथा दाम्पत्य जीवनलाई सुुदृढीकरण गर्नु हो ।

नवविवाहित वर र कन्याका लागि मधुश्रावणी पर्व अति महत्वपूर्ण र संवेदनशील मानिन्छ । यसले वर र कन्याको भावनात्मक र शारीरिक सम्बन्ध दुवैलाई प्रगाढ बनाउने गर्छ । पतिपत्नीबीचको अन्तरसम्बन्धलाई यस पर्वले प्रगाढ मात्र बनाउँदैन, अलौकिक आनन्द र रोमान्सको समेत अवसर प्रदान गर्छ । यस पर्वका अवसरमा विषहरा(नाग) तथा शिवपार्वतीको पूजा गर्ने क्रममा वर्तालु महिलाद्वारा कथा सुनाइन्छ ।

यस पर्वमा नवविवाहित स्त्रीले खुलेरै घुमफिर गर्नाका साथै आफ्ना सखीलाई मुक्तकण्ठले आफ्नो पतिका बारेमा खुलेर प्रशंसा गर्छन् । यस पर्व कायस्थ र ब्राह्मण जातिको मुख्य पर्व भए पनि कालान्तरमा आएर सोनार, देव, आदि जातजातिका महिलाले समेत मनाउने गर्छन् । यस पर्वको अन्तिम दिन नवविवाहित कन्यालाई टेमी दिने प्रथा अति महत्वपूर्ण रुपमा लिने गरिन्छ जसमा बेहुलीको घुँडामाथि पानको पात राखेर बलिरहेको बत्तीले डाम्ने गरिन्छ । यस पर्वमा वर्तालुले २४ घण्टामा एकचोटि मात्र खाना खान्छन् ।

यस प्रथालाई कहीँकहीँ महिला अधिकारवादीले प्रताडनाका रुपमा लिए तापनि नवविवाहित महिलाका लागि अग्निपरीक्षा हो । कालान्तरमा आएर टेमी परम्परालाई गलत तरिकाले परिभाषित गरिए पनि यो एउटा सुखदायी आनन्दको अनुभूति पनि हो । यसले नवविवाहितको सहन सक्ने क्षमता जाँच्दछ । टेमीमा हुने पीडाका विषयमा व्रती सुधा कर्ण भन्नुहुन्छ, “मैले त आजसम्म टेमी दिँदाखेरि पीडाको अनुभूति गरेकी छैन ।” यो प्रथा महिलाप्रतिको हिंसा नभएर आफ्नो संस्कृतिलाई निरन्तरता दिने परम्परा मात्र भएको उहाँले बताउनुभयो ।

प्रेम, उन्माद र सांस्कृतिक पर्वका रुपमा रहेको मधुश्रावणी पर्वलाई गलत रुपमा व्याख्या नगरी यसको माधुर्य, सौन्दर्य र विशेषतालाई जीवन्तता प्रदान गरी यसको संरक्षण गर्नु आवश्यक रहेको मैथिली साहित्यकार बताउँछन् ।

 

रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group