ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरीकाको सैनिक क्याम्पमा खाम खोल्दा ११ बिरामी


एबीसी न्यूज

साँकेतिक फोटो

वाशिङ्टन, १७ फागुन । अमेरिकाको वाशिङ्टनस्थित एक सैन्य अड्डामा बुधबार एक शंकास्पद पदार्थले भरिएको चिठिको खाम खोल्दा ११ जना बिरामी परेका छन् ।

एफबीआईले यस मामलाको जाँच शुरु गरेको र यो खाम भर्जिनियाको आलिङ्गटनस्थित ज्वाइन्ट बेस फोर्ट मायर हेन्डरसन हलमा प्राप्त भएको बताइएको छ । उक्त खाम एक गनरी सर्जेन्ट (सातौं बरियताका सैनिक अधिकारी)ले खोलेका थिए ।

एक अधिकारीहरुका अनुसार एनबीसी न्यूजलाई भनेका छन्, ‘खामको सम्पर्कमा आएकाहरुको नाकबाट रगत आयो । हात र अनुहार चिलायो ।’ यो समस्या देखिएपछि सैनिकहरु भेला भएको भवन खालि गराइएको थियो ।

सीएनएनको रिपोर्टका अनुसार सो चिठीको परीक्षण गरिएको थियो तर कुनै पनि हानिकारीक पदार्थ फेला परेन । यद्यपि एफबीआईले यसको विस्तृत परीक्षणका लागि क्वान्टिनोस्थित आफ्नो प्रयोगशालामा लगेको छ ।

अधिकारीका अनुसार खाम बाहिर कुनै व्यक्तिको नाम नलेखेर मरीन मुख्यालय बटालियनको ठेगाना लेखिएको थियो । सो चिठीमा आपत्तीजनक शब्द र अभद्र भाषा प्रयोग गरिएको थियो ।

मरीनका प्रवक्ता मेजर ब्लाकले भने, ‘पत्र खोल्नासाथ ११ जनाको स्वास्थ्य बिग्रियो । तीनजनालाई थप उपचारका लागि अर्को अस्पताल पठाइएको छ ।’

उनले भनेका छन्, ‘त्यसपछि त्यहाँबाट चिठीलाई हटाइयो र एफबीआई र एनसीआईएस (नेबल क्रिमिनल इन्भेस्टिगेशन सर्भिस)ले संयुक्त जाँच गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com