ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा मध्यराति बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु


एबीसी न्यूज
श्रावण १, २०८१ मंगलबार  ८ : १५ बजे

सुर्खेत १ साउन । रूकुम  पश्चिममा मध्यराति आएका बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ। एक जना बाढीमा बेपत्ता छन्।

गएराति अविरल वर्षापछि आएको बाढीले साढे ११ बजे राति घर बगाउँदा सुतिरहेका तीनजना बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका- १२ का ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका नगर प्रमुख रवि केसीले जानकारी दिए।

सोही वडामा पर्ने तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले घर भत्काउदा उनीहरुको मृत्यु भएको हो। बाढीले बगाउँदा सात जना घाइते भएका नगर प्रमुख केसीले बताए।

घाइते हुनेमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको छन्।

उनका अनुसार घाइतेहरुको उपचार भइरहेको छ भने मृतकहरुको शव निकाल्ने प्रयास जारी छ। गए राति साढे ११ बजेको समयमा उक्त घटना घटेको नगरप्रमुख केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com