ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली प्रधानमन्त्री भएपछि भारतीय मिडियाले सम्पादकीय मार्फत प्रश्न गर्दै चिन्ता जाहेर


ABC News

 

 

काठमाडौं ३१ असार । केपी शर्मा ओली प्रधानमनन्त्री बनेको बारेमा भारतीय प्रभावशाली २ वटा अंग्रेजी दैनिकले सम्पादकीय नै लेखेर चासो प्रकट गरेका छन् । द हिन्दु र इन्डियन एक्सप्रेसले ओलीको चिनिया रुझानलाई उनले कसरी व्यवस्थापन गर्छन् भन्ने प्रश्न उठाइएको छ ।

द हिन्दुले नेपालको राजनीतिमा सिद्धान्तविहीन गठबन्धन’ भन्ने शीर्षकमा सम्पादकीय लेखिएको छ । सम्पादकीयमा पछिल्लो परिस्थितिले नेपालमा गठबन्धनको अस्थिरताको अन्त्य नहुने अवस्था देखिएको उल्लेख छ ।

द हिन्दुले विचार र सिद्धान्तमा आधारितभन्दा पनि शक्तिका निम्ति यो गठबन्धन गरिएको दाबी गरेको छ । यस्ता गतिविधिले नेपाली जनतामा निराशा मात्र ल्याउने त्यसमा चर्चा गरिएको छ ।

निचोडका रूपमा उसले नेपाल प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाँदा राम्रो हुन सक्ने सुझाव पनि दिएको छ ।

अर्को दैनिक पत्रिका इन्डियन एक्सप्रेसको सम्पादकीयमा नेपालको पछिल्लो गतिविधिलाई नयाँ दिल्लीले होसियारीपूर्वक हेरिरहेको उल्लेख छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको सद्भावलाई सकारात्मक रूपमा लिएको तर हिजो प्रधानमन्त्री बनेका केपी शर्मा ओली ‘हार्डलाइनर’ भएको र उनले सन् २०१५ को नाकाबन्दीमा प्रो–चाइना पोजिसन देखाएको जनाइएको छ । विवादास्पद नक्साका विषयमा ‘साउथ ब्लक’सँग राम्रो सम्बन्ध नभएको त्यसमा उल्लेख छ ।

चिनियाँ फुटप्रिन्ट’ नेपालमा बढिरहेको भन्दै इन्डियन एक्सप्रेसले भारत सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको र करिब आठ मिलियन नेपाली भारतमा रहेर काम गरिरहेका स्मरण गरिएको छ ।

नयाँ दिल्लीले हिमाली देशको राजनीतिमा सूक्ष्म ढंगले पोजिसन लिनुपर्नेमा सम्पादकीयमा जोड दिइएको छ । काठमाडौंमा भएको पछिल्लो राजनीतिक हेरफेरलाई बेइजिङले आफ्नो फाइदाका निम्ति प्रयोग गर्न नसकोस् भन्ने निश्चितता खोज्नुपर्ने सुझाव पनि दिइएको छ ।
आइतबार प्रधानमन्त्री नियुक्त हुने वित्तिकै दि टाइम्स अफ इन्डियाले भने ओली भन्दै प्रचण्डको फोटो राखेर ससमाचार बनाएको थियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com