ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने संसदको बैठक (लाइभ)


एबीसी न्यूज
असार २८, २०८१ शुक्रबार   ११ : ३२   बजे

https://www.facebook.com/100064396403318/videos/1556905268503490https://hr.parliament.gov.np/np/parliamentLive

काठमाडौं २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्।

अहिले बिहान ११ बजेकाबाट प्रतिनिधि सभा बैठक शुरु भएको छ । बैठकको शुरुमै सांसदहरुले बाढी पहिरोबाट निधन भएकाहरुप्रति चिन्ता व्यक्त गर्दै धारणा राखेका थिए ।
नेकपा एमाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि अल्पतमा परेका प्रधानमन्त्री प्रचण्डले पुनः संसद्‌बाट विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा विश्वास मत पाउन बहुमत १३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ।

तर प्रधानमन्त्री प्रचण्डका पक्षमा आफ्नो पार्टी माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ।

नयाँ गठबन्धन बनाएका नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरिसकेका छन्।

राप्रपा, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाललगायतले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड विश्वासको मतमा फेल हुनेबित्तिकै कांग्रेस–एमालेले संविधानको धारा ७६ (२) अनुसार सरकार बन्ने दाबी गरिरहेका छन्। सोअनुसार कांग्रेस(एमाले गठबन्धनले आजै नयाँ सरकारको दाबी पेस गर्ने तयारी गरेका छन्।

तर धारा ७६ को उपधारा २ अनुसारै प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत नपाए राष्ट्रपतिले फेरि सोही धाराको उपधाराअनुसार सरकार गठन आह्वान गर्न मिल्छ कि मिल्दैन भन्नेमा विवाद छ।

यसैले प्रधानमन्त्रीले भने आफूले विश्वासको मत नपाए सरकार गठनको प्रक्रिया धारा ७६ (३) मा जाने तर्क गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group