ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप, संसद बैठक शुरु


एबीसी न्यूज
असार २८, २०८१ शुक्रबार   ११ : २४   बजे

 

काठमाडौं २८ असार स्।राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

‘विश्वासको मत दिने र ह्वीप पनि जारी गर्ने निर्णय गरेका छौँ,’ उनले भने।

आजको बैठकमा आफ्ना मन्त्रीहरूले अहिलेसम्म गरेको काम कारबाहीका विषयमा पनि छलफल भएको उनले बताए।

‘आज सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको संविधानको धारा १०० को ९२० अनुसार आफूमाथि संसद्को विश्वास छ भनी प्रस्ताव पेस गर्दै हुनुहुन्छ, आजको मुख्य मुद्दा त्यो थियो। सम्पूर्ण माननीय सदस्यहरूले आजसम्म गरेका कामकारबाहीको पनि छलफल भयो,’ उनले भने।

बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरिएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले आज पाँचौपटक विश्वासको मत लिँदैछन्। विश्वासको मतका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने निर्णय भएपछि प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group