ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटक पर्खंदै प्राकृतिक भ्यूटावर ‘बेलढुंगा’


एबीसी न्यूज

म्याग्दी, १४ फागुन ।  बस्तीको शिरमा अग्लो डाँडो । डाँडामाथि प्राकृतिक रुपमै बनेको भ्यूटावर । घना जंगलको बीचमा रहेको प्राकृतिक भ्यूटावरबाट दृष्य अवलोकन गर्दा मन खुशीले फुरुङ्ग हुने गर्छ ।

बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको पर्यटकीय ‘बेलढुंगा’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउने गरेको छ । मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा रहेको बेलढुंगा हिमशृङ्खला, धौलागिरि क्षेत्रका बस्ती एवं प्राकृतिक भू–बनोटलाई एकैठाउँबाट अवलोकनका लागि उत्तम मानिन्छ ।

समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा घना जंगलको बीचमा बेल आकारमा बनेको पहाडको भ्यूटावरबाट धौलागिरि र अन्नपूर्ण क्षेत्रका आधा दर्जन बढी हिमशृङ्खलालाई अवलोकन गर्न सकिन्छ । बेनी नगरपालिका–३ का वडा सदस्य रत्नबहादुर जिसी त्यहाँबाट हिमशृङ्खलासँगै म्याग्दी, पर्वत, बागलुङका करिब तीन दर्जन गाउँबस्तीलाई अवलोकन गर्न सकिने बताउनुहुन्छ ।

“आठवटा जिल्लाका कुनै न कुनै भूभागलाई यहाँबाट देख्न सकिन्छ, धौलागिरि क्षेत्रका महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्र पनि सजिलैसँग अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

पर्यटकीय सम्भावना भए पनि अहिलेसम्म प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभावले सो क्षेत्र ओझेलमा परेको मुसुङ गाउँका तारामिलन छन्त्याल बताउनुहुन्छ । सदरमुकाम बेनीदेखि नजिकको दूरीमा रहे पनि सरोकारवालाको बेवास्ताले पूर्वाधार निर्माण गर्न नसकिएको उहाँको गुनासो छ ।

अहिले मुसुङ र बागलुङको ओखलेको सिमानामा पर्ने देउरालीसम्म पुरानो गोरेटो बाटो भएकाले त्यहाँसम्म सहजै रुपमा पुग्न सकिन्छ । देउरालीबाट झण्डै १५ मिनेटको पदयात्रा घना जंगल र अक्करे भिरमा बनाइएको साँघुरो डोरोमा हिँड्नुपर्ने भएकाले तत्काल यस क्षेत्रमा पदमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । मुसुङबाट स्वर्गाश्रम हुँदै देउरालीसम्मको गोरेटो बाटोलाई स्तरोन्नति गरी देउरालीबाट बेलढुंगासम्म व्यवस्थित पदमार्ग निर्माण गरी उक्त क्षेत्रका बारेमा प्रचारप्रसार गरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने स्थानीयवासीको आशा छ ।

बाह्रै महिना हिमशृङ्खला र प्राकृतिक भू–बनोटलाई अवलोकन गर्न सकिने उक्त क्षेत्र फागुन– चैतमा फुल्ने लालीगुराँसले सिँगारिन्छ । आगामी चैत– वैशाखमा गन्तव्य बेलढुंगा अभियान सञ्चालन गर्ने तयारी भइरहेको स्थानीय स्वर्गाश्रम युवा क्लबले जनाएको छ । पर्यटकीय सम्भावना बोकेका बेलढुंगा र स्वर्गाश्रम क्षेत्रको महत्व एवं सम्भावनालाई उजागर गर्न क्लबले अभियान सञ्चालन गर्ने योजना बनाएको क्लबका सचिव जितबहादुर पुनले बताउनुभयो ।

“यहाँ पर्यटक भित्र्याउन प्रचारप्रसार र पदमार्गको आवश्यकता छ”, उहाँले भन्नुभयो । यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गर्न सके पर्यटन विकासमार्फत ग्रामीण बस्तीको मुहार फेर्न सकिने उहाँको भनाइ छ । बेलढुंगा र बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको स्वर्गाश्रम क्षेत्रलाई एकीकृत रुपमा प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न सकेमा यस क्षेत्रमा धार्मिक, एवं अन्य पर्यटक आगमन गराउन सकिने सम्भावना छ ।

मुसुङदेखि साढे एक घण्टामा स्वर्गाश्रम र त्यहाँबाट करिब ४५ मिनेटको दूरीमा बेलढुंगा पुग्न सकिन्छ । स्वर्गाश्रम र बेलढुंगाको पदयात्राबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायत आधा दर्जन हिमशृङ्खलाको अवलोकन गर्दा यात्राको क्रममा हुने थकान मेटिने पर्वतका आरके अदिप्त गिरी बताउनुहुन्छ । “यस क्षेत्रको विकास गर्न सके ग्रामीण पर्यटनसँगै स्थानीयवासीको आय आर्जनमा सुधार तथा स्थानीय तहको आन्तरिक आम्दानीमा समेत वृद्धि गर्न सक्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com