ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा गठबन्धन सरकार हामीलाई पनि सहज : प्रम प्रचण्ड


एबीसी न्यूज
जेष्ठ २८, २०८१ सोमबार   ४ : ५६   बजे

 

काठमाडौं २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा पनि गठबन्धनकै सरकार बनेकाले सहकार्यमा अझैं सजिलो हुने बताएका छन्। सोमबार दिल्लीस्थित नेपाली दूतावासमा संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनको अनुभव दुवै देशका लागि फाइदाजनक हुने प्रतिक्रिया दिए ।

‘अहिले भारतमा पनि गठबन्धनकै सरकार बन्यो,’ उनको भनाइ छ, ‘त्यसले चाहिँ हामीलाई अझै सहज हुन्छ भन्ने लाग्छ । हामी दुवैका अनुभवहरू एकअर्काका लागि फलदायी हुन्छन् भन्ने मलाई लागेको छ।’

नेपालमा हुने राजनीतिक समीकरण फेरबदलले भारतसँगको सम्बन्धमा असर पर्ने बुझाई रहेको भए पनि त्यसले परराष्ट्र नीतिमा फरक नपार्ने प्रचण्डको भनाइ छ। ‘त्यो समीकरण बन्दै गर्दा आन्तरिक कारणले हेरफेर हुँदा हाम्रो परराष्ट्र नीति र नेपाल–भारत सम्बन्धलाई असर गर्दैन भनेको थिएँ,’ उनको भनाइ छ, ‘अहिले बरु सम्बन्ध बढाऊँ, आर्थिक क्षेत्रमा सहकार्य बढाऊँ, छिमेकीसँगको नीतिमा, विदेश नीतिमा फरक पर्दैन भनेँ।’

नेपाल भ्रमणका लागि मोदीलाई निम्तो दिएको भन्दै प्रधानमन्त्री प्रचण्डले छिट्टै आउने आश्वासन पाएको समेत बताए।
प्रधानमन्त्री प्रचण्डले दिल्लीमा रहंदा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एश जयशंकर संग वान अन वानमा वार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रपौदी मुर्मुले दिएको दिवाभोजमा सहभागी हुंदै विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रपतिहरुसंग समेत दुई पक्षीय हितका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group