ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविलाई पदमुक्त गर्नु पर्ने सहकारी मुद्धामा जीबी राईविरुद्ध परेको मुद्दाको मिसिल झिकाउन आदेश


ABC News

 

 

काठमाडौं २८ जेठ । सर्वोच्च अदालतले जीबी राईविरुद्ध रुपन्देही जिल्ला अदालतमा परेको मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ ।

गृहमन्त्री रवि लामिछाने विरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाईपछि न्यायाधीशहरु डा. मनोज कुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले ‘मिसिल कागज झिकाउने’ भनी आदेश गरेको हो ।

सर्वोच्चले जिल्ला अदालतबाटै मुद्दाको मिसिल झिकाउनु भनेको छ अनि ४ असारमा मुद्दाको पेशी तोक्नु भनी आदेशसमेत जारी गरेको छ ।

अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगीको आरोपमा विभिन्न प्रहरी कार्यालयमा किटानी जाहेरी परेका गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गरी छानबिन अघि बढाउन माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

उक्त मुद्दामा गृहमन्त्री रवि लामिछानेले पनि सहकारीबाट ऋण लिएको विवरण उल्लेख छ । सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीलाई पदबाट निलम्बन गरी छानविन अघि बढाउनुपर्ने माग राखी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

रवि लामिछानेमाथि प्रहरीमा किटानी जाहेरी परेको छैन र मुद्दा चलेको छैन’ भनी महान्यायाधीवक्ता कार्यालयबाट जारी भएको पत्र खारेजीको माग समेत राखेका छन् ।

गतसाता नै सर्वोच्च अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीबाट गृहमन्त्री लामिछाने विरुद्ध परेको किटानी जाहेरीको प्रमाणित प्रति झिकाउन आदेश गरेको थियो । तर कास्की प्रहरीले भने रवि लामिछानेको नाम किटान गरी कुनै जाहेरी दर्ता नभएको भनी अदालतमा जवाफ दिएको छ ।

सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस भइरहँदा सरकारका तर्फबाट बहस गरेका नायव महान्यायाधिवक्ता टेकप्रसाद घिमिरे र सूर्यराज दाहालले यस्तो दाबी पेस गरेका हुन् ।

सोमबार न्यायाधीशद्वयको इजलासमा बहस सुरु हुनु अघि नै न्यायाधीशले अन्तरिम आदेशका विषयमा छलफल गर्ने कि यसअघि मगाएका जाहेरीसहितका विवरणबारे भनी प्रस्ट हुन चाहेका थिए ।

रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले सुरुवाती बहस गरिरहँदा न्यायाधीश श्रेष्ठले यसअघि मगाएको मिसिलदेखि सीआईबी र अदालतमा रहेको अभियोग पत्र मगाउन आवश्यक छ कि भनी प्रश्न उठाएका थिए ।

लामिछाने सामान्य नागरिक मात्र नभई गृहमन्त्री समेत भएको र उनकै नेतृत्वमा अनुसन्धान गर्ने प्रहरीको निकाय भएकाले उनी पदबाट निलम्बन हुनुपर्ने माग रिट निवेदकले गरेका थिए ।

यसैगरी पोखराको सूर्यदर्शन सहकारीका पीडितहरू यही मुद्दामा आफ्नो कुरा राख्न र बहस सुन्न सर्वोच्चसम्म आएको पनि उनले इजलासलाई जानकारी गराए ।

भट्टराईले आम सर्वसाधारणले दैनिक रूपमा बचत गरेको रकम गृहमन्त्री संलग्न भएको गोर्खा मिडियाको नाममा ऋण लिएको देखिएको र उक्त कुरा विभिन्न अदालतमा पेस भएको अभियोग पत्रका साथै सीआईबीले गरेको अनुसन्धानमा पनि देखिएको दाबी  गरे ।

भट्टराईपछि रिट निवेदककै तर्फबाट अधिवक्ता रमण कर्णले बहस गरे । कर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समय अघि संसदमा लामिछाने विरुद्ध जाहेरी दर्ता भएको कुरा संसदमै स्वीकार गरेको तर त्यसपछि गृहमन्त्री स्वयमले अस्वीकार गर्नेदेखि महान्यायाधिवक्ता कार्यालयले पत्र नै लेखेर सफाइ दिने कोसिस भएको दाबी गरे ।

उनले गृहमन्त्री लामिछाने पदमा रहेसम्म अनुसन्धान प्रभावित हुने र उनको स्वार्थ बाझिने भएकाले अलग गराउन अन्तरिम आदेश जारी गर्नुपर्ने माग गरे ।

उनले बहस गरिरहँदा न्यायाधीश श्रेष्ठले सीआईबीको प्रतिवेदनदेखि अन्य विवरण खोजी गरेका थिए । जसअनुसार रिट निवेदकहरूले दुई वटा फाइल पेस पनि गरे । तर न्यायाधीश श्रेष्ठले यो विवरणहरू सरकारका तर्फबाट पेस गर्नुपर्ने भनी सरकारी पक्षको कुरा सुन्ने तर्क गरे ।

लगत्तै नायब महान्यायाधिवक्ता डा घिमिरेले बहस थाले । उनले रिटको औचित्य नै नभएको र ‘कसैले म कानुन मान्छु तर मेरो विरुद्ध के अभियोग छन्’ भनेर निवेदन दिएपछि त्यसको जानकारी गराउने काम मात्र महान्यायाधिवक्ता कार्यालयले गरेको जिकिर गरे ।

उनले महान्यायाधिवक्ता कार्यालयले कुनै पनि कानुन उल्लङ्घन गर्ने कार्य नगरेको जिकिर गर्दै रिट खारेज हुनुपर्ने जिकिर गरे ।

उनीपछि सहायक न्यायाधीवक्ता सूर्यराज दाहालले बहस गरेका थिए । उनले पनि रिट निवेदनमा अन्तरिम आदेश हुनुपर्ने अवस्था नरहेको दाबी गरे । सरकारी पक्षको बहसपछि गृहमन्त्री लामिछानेका तर्फबाट एक कानुन व्यवसायीले कुरा राखेका थिए ।

गृहमन्त्रीका कानुन व्यवसायीले प्रधानमन्त्री कार्यालयका नाममा अन्तरिम आदेश माग गरेको तर रिटमा विपक्षी नै नबनाएको भन्दै खारेज हुनुपर्ने जिकिर गरेका थिए ।

उजुरीकर्ताहरूले इजलासमा प्रवेश नै पाएनन्

यसैबिच उक्त मुद्दाको सुनुवाइमा पोखरादेखि सूर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च आइपुगेका थिए । उनीहरूले इजलासमा आफ्ना कुरा राख्न चाहेका थिए ।

उनीहरूले इजलास नम्बर ७ को पास पनि लिएका थिए । बिहानै ११ बजे नै सर्वोच्च पुगेका उनीहरू बहस सुरु भएपछि इजलासमा जाने भनी बाहिर कुरेर बसेका थिए । सुरुमा प्रहरीले बहस सुरु भएपछि प्रवेश दिने भन्दै रोकेको थियो । तर प्रहरीले बहस सुरु भएपछि उनीहरूलाई प्रवेश दिएन ।

प्रहरीले उनीहरूलाई इजलास बाहिर पनि बस्न नमिल्ने भन्दै सर्वोच्च परिसरमा ल्याएको थियो । उनीहरूको मुद्दा नभकाले बस्न नमिल्ने भन्ने प्रहरीको तर्क थियो । प्रहरीले प्रवेश नदिएपछि उनीहरू सर्वोच्च परिसरमै बसेर सुनुवाई कुरेमा थिए ।

न्यायाधीशद्वयले आफूहरूले दुवै पक्षको कुरा सुनेको र  सल्लाह गरेर आदेश गर्ने भन्दै अर्को मुद्दाको सुनुवाइ थालेका थिए । सर्वोच्चले आजै उक्त मुद्दामा आवश्यक आदेश दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com