काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसदको बैठक आज शनिबार सिंहदरबारमा बस्दैछ ।पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजेका लागि बोलाइएको हो ।
बैठकमा संसदीय दलको गठन र विधान परिमार्जन लगायत विषयमा छलफल हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा सांसदहरुले विधानको टुंगो लगाउने संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गर्नेबारे धारणा जनाइएको छ ।
त्यसकै आधारमा आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विद्यानबारे निर्णय गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ गरी ७६ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्