पर्सा, ११ फागुन । सोसल मिडियाको प्रयोग गरि विभिन्न प्रलोभ देखाई ठगिगर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ बस्ने २४ वर्षीय भिमबहादुर थापा, दैलेख गुरास गाउँपालिका–४ बस्ने २२ वर्षीय विष्णु सिजाली मगर र भारत विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला कुमरिया बस्ने २० वर्षीय असरफ अली रहेका छन् ।
उनिहरुले भाइबर, फेसबुक जस्ता सामाजिक संजाल मार्फत २५ लाखको लट्री जित्नु भएको छ भनी बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात पठाउन लागउने र लट्री बापतको कर नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गरेपछि रकम खातामा जम्मा हुने बताउने गरि ठगि गर्दै आएको प्रहरीले बताएको छ ।
पर्सा वीरगंज महानगरपालिका–१५ स्थित न्यू बीरगंज मनि ट्रान्सफरमा रकम निकाली कुराकानी गरी बसीरहेको अबस्थामा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनिहरु बाट ठगी कार्यमा प्रयोग गरिएको सिम सहितको मोबाइलहरु, स्रोत खुलाउन नसकेको नगद, विभिन्न मनि ट्रान्सफर तथा बैंकको भौचरहरु, नागरिकता तथा नागरिकताको फोटोकपी समेतका कागजातसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्