ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको नाम नलेखिए पनि उनको सिम्बोल नम्बर र ठेगाना लेखेर समिति बन्यो : महामन्त्री शर्मा


एबीसी न्यूज
जेष्ठ १५, २०८१ मंगलबार   ८ : ४३   बजे

 

काठमाडौँ १५ जेठ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीबारे छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामको ठाउँमा सिम्बोल नम्बर राखिएको टिप्पणी गरेका छन् ।

‘नाम लेखिएको छ ? छैन, तर.. *`सिम्बोल नम्बर´ लेखिएको छ- `७ स +1++ अर्थात `स´ बाट नाम उठेका ७ सहकारी + अरुहरु.. *ठेगाना लेखिएको छ – गोर्खा मिडिया l अनि प्रष्ट लेखिएको छ- `गैह्र कानुनी वा अनुचित रूपमा संलग्न देखिएका व्यक्तिहरूलाई कानुनी कार्वाहीकालागि सिफारिस गर्ने´, कुरा clear छ !

Image

Image

8:23 PM · May 28, 2024
·

मंगलबार प्रतिनिधि सभाबाट संसदीय छानबिन समिति गठन भएपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेसको माग बमोजिम नै लामिछानेको सिम्बोल नम्बर र ठेगाना लेखिएको बताएका हुन् । ‘नाम नभएर के भयो र सिम्बोल नम्बर लेखिएको छ । पाँच ‘स’ भनेर सहकारीको नाम लेखिएको छ । ठेगाना लेखिएको छ– गोरखा मिडिया नेटवर्क भनेर,’ उनले भने ।

परीक्षामा नामको सट्टा सिम्बोल नम्बर लेखिने गरिएको भन्दै महामन्त्री शर्माले छानबिन समितिको दायरामा लामिछाने आउने गरी संसदीय छानबिन समितिको कार्यादेश बनेको बताए ।

सभामुख देवराज घिमिरेले समिति गठन भएको सुनाउँदै गृहमन्त्री लामिछानेलाई दुःखी र खुसी नदेखेको उनले टिप्पणी गरे ।

महामन्त्री शर्माले आफूहरूले तीन महिनादेखि संसदीय छानबिन समिति माग गरेको स्मरण गर्दै अब पीडितका लागि काम गर्ने विश्वास व्यक्त गरे । ‘समितिले पूर्वाग्रहमुक्त भएर काम गर्नेछ भन्ने विश्वास गरौँ । सहकारी ठगीसँगै गिरीबन्धुलाई जोगाउन लाग्ने छैन भन्ने अपेक्षा गरौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group