प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको शुक्रबार ६६ औं जन्मदिन परेको छ । केही दिन अघिमात्र प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको जन्मदिनलाई एमालेले विशेष रुपमा लिएको छ ।
शुक्रबार बिहान बालुवाटारमा सुरु भएको स्थायी समिति बैठकमा एमाले नेताहरुले केक काटेर जन्मदिन मनाएका छन् । ओलीको जन्मदिनमा खुशीयाली मनाएपछि एमालेको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिन चाहने कार्यकर्तालाई भने चार बजेपछि बालुवाटार बोलाइएको छ । ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुममा भएको हो ।
प्रतिक्रिया दिनुहोस्