ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने


admin

काठमाडौँ, १० फागुन ।संघीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउनुहुने भएको छ ।

ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका ८० वर्षीय महेन्द्र राय यादव र राष्ट्रियसभाकी ६९ वर्षीया तारादेवी भट्टले शपथ गराउने संसद् सचिवालयका सहप्रवक्ता केशवराज अर्यालले जानकारी दिनुभयो । निर्वाचन आयोगले पठाएको सूची र सांसदको जन्ममितिसम्बन्धी कागजातलाई आधार मानेर यादव र भट्टले नै शपथ खुवाउने निर्णय भएको बताइएको छ ।

प्रतिनिधिसभाका कूल २७५ सदस्यमध्ये राजपाबाट निर्वाचित सर्लाही–२ का यादव र ५९ सदस्यीय राष्ट्रियसभामा काँग्रेसकी भट्ट ज्येष्ठ देखिनुभएको छ । ज्येष्ठ सदस्य दुवैलाई राष्ट्रपतिले राष्ट्रपति कार्यालयमा शपथ खुवाएपछि मात्रै उहाँहरुले अन्य सदस्यलाई शपथ खुवाउनुहुनेछ ।

निर्वाचन नभएसम्म यादवले सभामुख र भट्टले राष्ट्रियसभा अध्यक्षका रुपमा जिम्मेवारी लिनुहुनेछ । शपथ कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुने यही फागुन २० गते हुने तय भएको छ । प्रतिनिधिसभाका सदस्यलाई अपराह्न ४ः०० र राष्ट्रियसभाका सदस्यलाई ५ः०० बजे शपथ गराइने समय तोकिएको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले फागुन २१ गते अपराह्न ४ः०० बजे संघीय संसद्को अधिवेशन आह्वान गरिसक्नुभएको छ ।

शपथका लागि तोकिएको समयभन्दा एक घण्टा अगाडि नै संसद् भवनमा उपस्थित हुन सांसदलाई सचिवालयले आग्रह गरेको छ । शपथमा आउँदा राष्ट्रिय वा आआफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा आउन सांसदलाई अनुरोध गरिएको संसद् सचिवालयका सहप्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र शपथमा लैजानुपर्ने व्यवस्था गरिएको छ । कुनै सांसदले मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपिसहित तीन दिन अगाडि नै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com