ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट


एबीसी न्यूज
चैत्र २७, २०८२ शुक्रबार  ६ : ०५ बजे

पोर्ट लुइस (मौरिसस) — नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच मौरिससको राजधानी पोर्ट लुइसमा द्विपक्षीय भेटवार्ता भएको छ।

भेटमा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा भेटको बारेमा लेख्दै भनेका छन्, “नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेर खुशी लाग्यो। मन्त्री पदको नियुक्तिका लागि बधाई दिएँ।”

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धलाई अझ घनिष्ठ बनाउने, व्यापार, पर्यटन, ऊर्जा, पूर्वाधार र जनस्तरको सम्बन्धलाई मजबुत पार्ने विषयमा सकारात्मक छलफल भएको छ। दुवै मन्त्रीले दुई देशबीच पूर्ण सहकार्यको सम्भावना रहेकोमा जोड दिएका थिए।

परराष्ट्रमन्त्री खनाल नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (Western Indian Ocean Conference) मा सहभागी हुन मौरिसस पुगेका हुन्। उक्त सम्मेलनमा क्षेत्रीय सुरक्षा, समुद्री अर्थतन्त्र, जलवायु परिवर्तन र व्यापारिक सहकार्य जस्ता विषयमा छलफल हुँदैछ।

यो भेटलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ किनकि नेपालको नयाँ सरकार गठन भएको छोटो समयमै भारतीय विदेशमन्त्रीसँग भएको यो पहिलो उच्चस्तरीय भेट हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

सम्बन्धित

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही

संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले के भने ? (पूर्णपाठ)

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com