ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने


एबीसी न्यूज

 

 

भक्तपुर, १० फागुन । अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ ।

सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक–धुलिखेल सडक देशकै महत्वपूर्ण योजना भएकाले यसको विस्तार तीव्र गतिमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सूर्यविनायक जगाती सडकखण्डमा बढ्दोे सवारी चापलाई कम गरी सहजरूपले सवारीसाधन सञ्चालनका लागि सडक विस्तारले निकास दिनेछ, यो नाकामा सडक साँघुरो भएकाले पलाँसे–साँगा भञ्ज्याङ खण्ड र कोटेश्वरमा सुरुङ निर्माण गर्ने योजनासमेत अगाडि बढेको छ ।”

हाल सञ्चालनमा रहेको कोटेश्वर–सूर्यविनायक छ लेन सडकमा दुर्घटना बढेको प्रति सचेत हुँदै सडक विस्तार गर्दा ट्राफिक लाइट, सिसिटिभी, सडक बत्ती, आकाशे पुल र फुटपाथको यथोचित व्यवस्था गरी दुर्घटना न्यूनीकरणमा सचेतता अपनाएर सडक विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।

सडकको चोकचोकमा ट्याक्सी पार्किङ, मनोहरामा व्यवस्थित बसपार्क र साँगामा उपत्यका भित्रिने गाडी धुने व्यवस्था गरिने जानकारी दिंदै सांसद बस्नेतले भन्नुभयो, “सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा हाललाई ७५ फिटमात्रै बनाउनुपर्छ, सडक विस्तार गर्दा पहिलो पटकलाई सडकमा पर्ने सबै घरजग्गाको मुआब्जा दिने व्यवस्था गरिनुपर्छ ।”

सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले सूर्यविनायक–धुलिखेल आठ लेन सडक विस्तारमा जापान सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसार यो सडकखण्ड विस्तारका लागि जापानले प्रारम्भिक अध्ययन गरिरहेको छ, सडक विभागको प्रतिनिधिमण्डलको जापान भ्रमण क्रममा प्रारम्भिक अध्ययन सकेपछि ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता जापानले गरेको छ ।

जापान सरकारको अनुदान र सडक विस्तारका लागि जापानले ०.२ प्रतिशत ब्याजमा ऋण सहयोग दिने प्रतिबद्धता जनाएकाले यो सडकखण्ड छिट्टै विस्तार गर्ने तयारी भएको उहाँको भनाइ थियो ।

प्रमुख श्रेष्ठले भन्नुभयो, “सडक विस्तारका क्रममा पलाँसेमा सुरुङ निर्माण गरिने योजना छ, पलाँसेबाट साँगा भञ्ज्याङसम्म साँघुरा घुम्तीहरू रहेकाले आठ लेनको सडक बनाउन समस्या देखिँदा सुरुङमार्गको योजना बनाइएको हो । सडक आठ लेनको भए पनि सुरुङमार्ग भने चार लेनको हुनेछ ।”

पेट्रोलियम पदार्थ बोकेका गाडीलाई सुरुङ मार्गमा प्रवेश नदिई सडकबाटै पठाइने बताउँदै उहाँले सूर्यविनायक–कोटेश्वरखण्डमा पनि जाम हटाउन सुरुङ मार्ग बनाउन अध्ययन भइरहेको बताउनुभयो । यो सडकबाट चीनसँगको तातोपानी नाका जाने साथै अरनिको र बिपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुली, बर्दिबासलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले शीघ्र सडक विस्तारमा जोड दिँदै सबै ठाउँमा बाटोको मापदण्ड एउटै हुनुपर्ने र सडक विभागले कानून बाहिर नगई नियमअनुसार स्थानीयवासीको माग बमोजिम मुआब्जा दिनु पर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका स्थानीय जनप्रतिनिधि उकेश कवाँले सडक विस्तार गर्दा जनताका माग तथा समस्यालाई ध्यान दिँदै दुर्घटना कम गर्न, धुलो नियन्त्रण गर्न र साइकल लेनसमेत बनाएर सडक विस्तार गरिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकीले हाल सञ्चालनमा रहेको छ लेन सडकबाट पाठ सिकेर अब विस्तार हुने सडकलाई दुर्घटना भइरहने मृत्युमार्ग हुनबाट जोगाउनुपर्ने तथा चोकचोकमा सडक बत्ती एवं आकाशे पुलको यथेष्ट व्यवस्था गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय पशुपति खत्री, अच्युत खत्री, सञ्जीव खत्री, महेन्द्र गिरी, शिवलाल बालालगायतले सडक विस्तारले आफूहरुको उठीबास लाग्ने हुँदा उचित क्षतिपूर्ति दिन माग गर्नुभयो । (तस्वीर उपलब्ध छ)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेमा १५ सदस्यीय पदाधिकारी हुने, उमेर सीमा र दुई कार्यकाल हट्यो

वाग्मतीसहित चारवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ६३ जनाको मृत्यु, २९० जना घाइते

क्लासिक टेक १६औं वर्षमा प्रवेश

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com