ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजीका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दै


एबीसी न्यूज

पथरी, मोरङ, १० फागुन ।  वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा उर्लाबारीका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो ।

प्रायः अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो । निजीको तुलनामा सरकारी विद्यालयको पूर्वाधार राम्रो बनाउँदै लगिए पनि विद्यार्थीको संख्यामा भने कमी आइरहेको छ ।

एकताका सामुदायिक विद्यालयमा विद्यार्थी खचाखच हुन्थे, कक्षा कोठालाई सेक्सन ‘ए’, ‘बी’ र ‘सी’ सम्म राखिएको पाइन्थ्यो, तर अचेल एउटा कक्षामा चार–पाँचजना मात्र विद्यार्थी पाइन्छन् । विद्यार्थीभन्दा शिक्षक–कर्मचारीहरुको संख्या नै बढी देखिन थालेको छ ।

उर्लाबारीको महाराज आधारभूत विद्यालयमा पनि विद्यार्थीको संख्या निक्कै कम छ । समाचारका लागि विद्यालय पुग्दा कक्षा २ मा दुई र ५ कक्षामा पाँच विद्यार्थी मात्र पठनपाठन गरेको पाइयो । अन्य कक्षामा पनि संख्या उस्तै छ । तर शिक्षक भने विद्यार्थी गयल भएको बताउँछन् ।

सामुदायिक विद्यालयको पढाइ खस्किएको भन्दै अभिभावकले निजी विद्यालयमा छोराछोरी पठनपाठनका लागि भर्ना गरेपछि विद्यालयमा विद्यार्थीको संख्या घटेको हो । तर विद्यालयका प्रअ गजेन्द्र राई पठनपाठनमा कमी नआएको बताउँदै भन्नुहुन्छ, “अहिले अभिभावकहरु सम्पन्न हुनुभएको छ । त्यसैले पनि उहाँहरु निजी विद्यालयमा छोराछोरी पढाउनुहुन्छ ।”

यद्यपि, आफूहरुले विद्यार्र्थी पुनः विद्यालयमा फर्काउनका लागि विभिन्न तारतम्य गरिरहेको प्रअ राईको भनाइ छ । उहाँले भन्नुभयो, “नजिकै बोर्डिङ खुलेपछि हाम्रा विद्यार्थी त्यहाँ गए ।”

उर्लाबारीकै प्रभात आधारभूत विद्यालयमा पनि पहिलेको तुलनामा विद्यार्थी संख्या घटेको छ । अहिले विद्यालयमा १२ जना विद्यार्थी रहेको प्रअ मोहन चापागार्इंले बताउनुभयो । तर अन्य विद्यालयको तुलनामा आफ्नो विद्यालयमा संख्या उल्लेख्य नै रहेको प्रअ चापागाईंको भनाइ छ ।

सामुदायिक विद्यालयमा पहिलेको तुलनामा विद्यार्थी घटेकै हो, यसमा विभिन्न कारण छन्, प्रअ चापागार्इं भन्नुहुन्छ, “विषयगत शिक्षकको पूर्ण मात्रामा दरबन्दी नहुनु, निजी विद्यालय प्रशस्त मात्रामा हुनु पनि विद्यालयमा विद्यार्थी घट्नुका प्रमुख कारणहरु हुन् । उहाँका अनुसार पहिले एउटै घरका चार–पाँचजना छोराछोरी विद्यालयमा पढ्न आउँथे । तर अहिले चेतनाका कारण पहिले जस्तो धेरै सन्तान जन्माउने घटेका कारण पनि विद्यार्थी संख्या पनि घटेको उहाँको बुझाइ छ ।

आफ्नो विद्यालयमा गुणस्तरीय शिक्षामा कमी नआएको उहाँले दाबी गर्नुभयो । आजभोलि सामुदायिक विद्यालयमा विपन्न परिवारका छोराछोरी मात्र पढ्ने ठाउँ बनेको छ जसका अभिभावक दिनभर ज्यालामजदुरी गर्छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा नै छोराछोरी पढाउन पनि हम्मे पर्छ । विद्यालय गएर आफ्ना छोराछोरी कस्तो पढिरहेका छन्, बुझ्न जानेसम्म फुर्सद हुँदैन ।

निजी विद्यालयमा विद्यार्थी ओइरिनुको मुख्य कारण भनेको अंग्रेजी शिक्षा नै हो । छोराछोरीहरु राम्रो अंग्रेजी पढ्न, लेख्न र बोल्न सक्छन् भनेर पनि निजी विद्यालयमा नानीहरु पठनपाठन गराएका हौँ, उर्लाबारी–६ की कञ्चन भण्डारी भन्नुहुन्छ । “नियमित होमवर्क र बालबालिकाको अन्तरनिहित प्रतिभामा निजी विद्यालयले ध्यान दिएको पाइन्छ । स्कूल बसले नानी घरसम्म ल्याइदिने पु¥याइदिने गर्छ । सरसफाइलगायत सुरक्षामा पनि ध्यान दिएकाले सामुदायिकको तुलनामा चिन्तामुक्त हुन्छौँ,” उहाँ भन्नुहुन्छ ।

सामुदायिकमै राम्रो पढाइ भए निजी विद्यालयमा आर्थिक भार बोकेर छोराछोरी पढाउने रहर नभएको उहाँको भनाइ छ । उर्लाबारीकै राजघाट निमाविमा पनि विद्यार्थीको संख्या निक्कै घटेको छ । विद्यालयकी एक अभिभावक मनिषा कार्कीले खुलेरै शिक्षक तथा विद्यालयको विरोध गर्नुभयो । उहाँले आक्रोशित हुँदै भन्नुभयो, “मेरो नानी बोर्डिङ स्कूल हँुदा एबिसिडी फरर लेख्थी । आर्थिकभार धान्न नसकेर यहाँ पढाउन थालेको, बोर्डिङमा जानेको पनि यहाँ आएपछि सबै लेख्न बिर्सीई । यसैबाट प्रस्ट हुन्छ गुणस्तर कस्तो छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com