काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन थालेको छ।
देउवा सरकारले राष्ट्रियसभा सदस्यका लागि गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन गरेको हो । बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् ।
कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस वेवास्ता गरी असंवैधानिक तरिकाले सक्रिय हुन खोजेको तरुण दलले आरोप लगाएको छ ।
‘संविधानको रक्षकले नै एउटा राजनीतकि पार्टीको सानो अध्यारो घेराभित्र बसेर गरेका यस्ता खाले असंवैधानिक निर्णयहरु तुरुन्त सच्याउन नेपाल तरुण दल जोडदार माग गर्दछ’ तरुण दलले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्