काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यमा वृद्धि भएर आएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको जानकारी दिएको छ ।
जसअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १७५.५०, दोस्रो वर्गमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५८.५०, दोस्रो वर्गमा १६० र तेस्रो वर्गमा १६१ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्