काठमाडौं, ८ फागुन । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा शंकास्पद वस्तु भेटिएको छ ।
वृतका डिएसपी रवि पौडेलले दिएको जानकारी अनुसार अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली डिस्फोज गर्नेतयारी गरेको छ । आज नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वन गरेको थियो ।
बन्दकर्ताले बम राखेको हुन सक्ने आशंका गरिएको र थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ । यसैबीच, पुलमा बम भेटिएपछि त्यस रुट भएर चल्ने सवारी साधनलाई करिडोरको बाटो हुदैं डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्