ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन प्रक्रिया जनमैत्री बनाउँदै जानुपर्छः प्रम


एबीसी न्यूज

काठमाडौँ, ७ फागुन ।   प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा देखापरेका विकृतिजन्य विषयप्रति प्रकट भएका जनताको टिप्पणीलाई ध्यान दिन र सच्याउन आवश्यक रहेको बताउनुभएको छ ।

दोस्रो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगमा आज आयोजित समारोहमा उहाँले भन्नुभयो, “आगामी दिनमा आयोग सबैसँग सुमधुर सम्बन्ध र समन्वय हासिल गर्ने कार्यमा आफ्नो विश्वसनीयता अभिवृद्धि गराउन समर्थ हुने अपेक्षा गर्दछु ।”

मुलुकका हालैका सबै निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता र निर्वाचनमा प्राप्त अनुभवले निर्वाचन प्रक्रिया थप जनमैत्री बनाउँदै जानुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरमा भएका आवधिक निर्वाचनका मूल्य मान्यतानुरुप स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचनको व्यवस्थापन गर्नु नै आयोगको प्रमुख चुनौती रहेको छ ।”

राजनीतिक स्थायित्व र जनताको जीवनस्तर माथि उठाउन अब सबैले देशको दु्रततर सामाजिक र समावेशी आर्थिक रुपान्तरणमा परिचालित हुनैपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटनको विकास, वातावरण संरक्षण, बृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धन गर्दै सुखी नेपाली र समृद्ध नेपालतर्फ हाम्रा पाइला केन्द्रित हुनुपर्छ ।”
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारको अठोट, राजनीतिक दलका नेताको दूरदर्शिता, दलबीचको समन्वय र सौहार्दताले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ठूलो सहयोग पुगेको बताउनुभयो ।

आयुक्त इला शर्माले मुलुकमा प्रजातन्त्र स्थापनाकै दिन निर्वाचन दिवस मनाउँदा निर्वाचन र आयोगको गरिमा र महत्व बढेको धारणा व्यक्त गर्नुभयो । आयोगले एक वर्षका अवधिमा स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेको छ । आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जुटिरहेको छ । आवधिक निर्वाचनलाई लोकतन्त्रका आधारका रुपमा हेरिने गरिएको छ । (श्रव्य सामग्री र तस्वीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com